प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– एक सय मतपत्र बदर गर्ने निर्णय, एमालेलगायतका उम्मेदवारद्वारा गणना बहिस्कार
प्रतिनिधिसभा सदस्यको मतपेटिकामा प्रदेशसभा सदस्यको भेटिएको मतपत्र गणना नगर्ने निर्णयसँगै नेकपा एमालेलगायतका बीस जना उम्मेदवारले मतगणना बहिस्कार गरेका छन् ।
मङ्सिर १३ गते मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले भेटिएको १ सय थान मतपत्र बदर गर्ने निर्णय सुनाएसँगै एमालेलगायतका दलहरूले गणना बहिस्कार गरेका हुन् ।
गणना बहिस्कार गर्दै नाराजुलुससहित निस्किएका एमाले कार्यकर्ताले मुख्य निर्वाचन अधिकृतलाई सत्ताको चरम दुरूपयोग गरेको आरोप लगाएका छन् ।
एमाले उम्मेदवार मञ्जुकुमारी चौधरीले न्याय दिने व्यक्ति नै सत्ता र शक्तिको प्रलोभनमा परेको आरोप लगाउनु भएको लगाउनु भएको छ । चौधरीले भन्नुभयो ‘मुख्यनिर्वाचन अधिकृत न्यायाधिशबाट यस्तो निर्णय आउँछ भन्ने हामीले सोचेका थिएनौँ, उहाँबाट सत्ता र शक्तिको दुरूपयोग भयो, यसको हिसाब हामी खोज्छौ ।’
एमाले अध्यक्ष परमेश्वर घिमिरेले मतगणना पूर्व मङ्गसिर ५ गते भएको सर्वदलीय बैठकको निर्णय अनुसार अन्य मतपेटिकामा भेटिएको मतपत्र मुख्यनिर्वाचन अधिकृतले नै गणना नगर्ने निर्णय सुनाउनुले स्वतन्त्र न्याय दिन नसकको आरोप लगाउनु भएको छ । उहाँले पुनः मतदान गर्नुपर्ने एमालेको बटमलाइन यथावत रहेको बताउनु भयो । एमालेले पुनः मतदानको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ ।
मङ्सिर १३ गते न्यायाधीशविरूद्ध एमाले कार्यकर्ताले नारावाजी गरेका छन् । मतगणनास्थलबाट एमालेसहितका उम्मेदवार बाहिरिएपछि मुख्यनिर्वाचन अधिकृतले मङ्सिर १३ गते मतगणना कार्य अघि बढाएका छन् ।
पटक–पटक मतगणनाका लागि प्रतिनिधि पठाई दिन आग्रह गर्दा उम्मेदवारले प्रतिनिधि नपठाएपछि गणना कार्य सुरू गरिएको मुख्यनिर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताउनु भयो ।
उहाँले भन्नुभयो ‘हामीले प्रतिनिधि पठाइदिनु भनेका छौ, ज–जसले पठाउनु भयो त्यहीँ अनुसार गणना सुरू गरेका हौ ।’ गणनाका लागि नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र प्रतिनिधि पठाएका छन् । बाँकी उमेदवारले वहिस्कार गरी गणनास्थल छोडेका छन् ।
मतगणना सुचारू गर्न पटक–पटक बसेको सर्वदलीय बैठक बिना निष्र्कष टुङ्गिएपछि मुख्यनिर्वाचन अधिकृतले मङ्सिर मतगणना कार्य अघि बढाएका हुन् ।
गणना कार्य स्थगित हुनुको कारणसहित निर्वाचन आयोगलाई निर्णयका लागि पठाइएको पत्रको जवाफमा मुख्यनिर्वाचन अधिकारीलाई निर्णय गर्ने अधिकार प्रत्यायोजन गरिएको छ ।
एमालेले भेटिएको प्रदेशसभाको मतपत्र गणना गर्नु पर्ने अडान राखिरहँदा कांग्रेसले गणना गर्न नहुने अडान राखेको थियो ।
मङ्सिर १० गते मतगणनाका क्रममा पछिल्लो पटक खोलिएको १० ओटा मतपेटिकामा उदयपुर १ (२) प्रदेश सभाको १ सय मतपत्र भेटिएपछि गणना रोकिएको थियो । ६३ हजार ८० मत गणना भइसकेपछि थप गणनाका लागि १० ओटा मतपेटिका खोल्दा प्रदेशतर्फको १ सय ओटा मतपत्र भेटिएको थियो ।
७६ हजार ७ सय ५६ मत खसेको यो क्षेत्रको ६३ हजार ८० मत गणना भइसकेको छ । गणना भइसकेकोमा कांग्रेस उम्मेदवार नारायण खड्काले १ हजार ८ सय २५ मतले अग्रता लिनु भएको छ । खड्काले २७ हजार ४ सय ८४ मत प्राप्त गर्नु भएको छ भने भने एमालेकी मञ्जुकुमारी चौधरीले २५ हजार ६ सय ५९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
राकेश नेपाली
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…