प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– मतगणना सुचारू गर्न आयोगको निर्देशन
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ को मतगणनाका क्रममा रोकिएको उदयपुर–१ मा मतगणना सुचारू गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।
१० ओटा मतपेटिकामा उदयपुर १ (२) प्रदेशसभाको १ सय ओटामत पत्र भेटिएपछि मङ्सिर ११ गतेदेखि गणना रोकिएको थियो । आयोगको सहमतिका आधारमा मतगणना अगाडि बढाउन निर्देशन दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई परिपत्र गर्दै आयोगले मतगणना पूर्व भएको सहमतिका आधारमा मतगणना अगाडी बढाउन निर्देशन दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
६३ हजार ८० मतगणना भइसकेपछि थप गणनाको लागि १० ओटा मतपेटिका खोल्दा प्रदेशसभाको मतपेटिका भेटिएपछि दलहरूले गणना रोक्न माग गर्दै अवरोध गरेका थिए ।
कुल ७६ हजार ७ सय ५६ मत खसेको उदयपुर –१ मा ६३ हजार ८० मत गणना भइसकेको छ । गणना भइसकेकोमा कांग्रेसका डाक्टर नारायण खड्काले १ हजार ८ सय २५ मतले अग्रता लिनु भएको छ ।
खड्काले २७ हजार ४ सय ८४ मत प्राप्त गर्नु भएको छ । एमालेकी मञ्जुकुमारी चौधरीले २५ हजार ६ सय ५९ ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
राकेश नेपाली
सम्बन्धित समाचारहरू
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…
बालिका हत्याको कसुरदारलाई जन्मकैदको फैसला
बर्दिवास नगरपालिका १४ सुगमवस्तीका सादिम आलमको ६ वर्षीया छोरी गुलबसा खातुनलाई ०७७ साल मङ्सिर ७ गते हत्या गरेको कसुरमा जिल्ला अदालत महोत्तरीले सोही ठाउँका २६ वर्षीय अरुण कुमार सहलाई माघ…
नाबालक छोरी हत्याको आरोपमा आमालाई जन्मकैदको फैसला
तीन वर्षीया नाबालक छोरीलाई बिष खुवाई हत्या गरेको कसूरमा दैलेख जिल्ला अदालतले माघ २४ गते आमालाई जन्मकैद फैसला गरेको छ । दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका–१२ रतनपुर विवाह भएकी २२ वर्षीया…