प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– सूचना सङ्कलनमा पत्रकार र निर्वाचन पर्यवेक्षकलाई अवरोध
मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले पत्रकार र निर्वाचन पर्यवेक्षकलाई सूचना तथा समाचार सङ्कलनमा रोक लगाएका छन् ।
मुख्य निर्वाचन अधिकृतले सूचना सङ्कलनमा रोक लगाएपछि पत्रकारहरूले त्यसको विरोध गरेका छन् ।
जिल्लामा मतगणनाका क्रममा प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको मतपेटिका र प्रदेशसभाको मतपेटिका प्रतिनिधिसभाको मतपेटिका परेको समाचार प्रकाशन भएपछि त्यसमा असन्तुष्टि जनाउँदै मुख्य निर्वाचन अधिकृतले सूचना सङ्कलनमा रोक लगाएका हुन् ।
मुख्य निर्वाचन अधिकृत पोखरेलले पत्रकारसँगै निर्वाचन पर्यवेक्षकलाई समेत मतगणनाको पर्यवेक्षणमा अवरोध सिर्जना गरेका छन् ।
अधिकृत पोखरेलले आफूलाई मिडियाले सहयोग नगरेको भन्दै समाचार सङ्कलनमै रोक लगाएपछि पत्रकारहरू मङ्सिर ६ गते विज्ञप्ति जारी निर्वाध रूपमा सूचना सङ्कलन गर्न पाउने माग गरेका छन् ।
सदरमुकाम म्याङलुङको सिंहवाहिनी माविमा अपरान्ह ३ वजे बाट शुरू मतगणनास्थल परिसरमा समाचार सङ्कलनमा लागि पुगेका पत्रकारलाई अपमानजनक व्यवहार गरी बाहिर जान निर्देशन दिएको पत्रकारहरूको आरोप छ ।
छथर गाउँपालिका–१ कार्यालय (ख) मतदान केन्द्रमा प्रदेशसभा सदस्यको मतपत्र नदिई कर्मचारीले प्रतिनिधिसभा सदस्य तर्फको मत पत्र दिएको खुलेको थियो । त्यसपछि राजनीतिक दल, उम्मेदवार र मुख्य निर्वाचन अधिकृतको कार्यालयबिच विवाद सृजना भएको थियो ।
सोही विवादको बिषयलाई लिएर प्रकाशित समाचारप्रति आफू प्रतिकुल समाचार आएको भन्दै मुख्य निर्वाचन अधिकृत पोखरेलले मतगणना अवधिभर कुनै पत्रकारलाई मतगणना परिसरमा प्रवेशमा रोक लगाएका हुन् ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतान्त्रिक शासन व्यवस्था र विधिको शासनका पक्षधर पत्रकार, सञ्चारकर्मीहरूलाई मतगणना परिसरमा लगाएको रोकको विरोध गर्दै महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्लाका सञ्चारकर्मीहरूलाई स्वतन्त्र, निर्वाध, सुरक्षित सरल र सहजढङ्गबाट मतगणनाको समाचार सङ्कलन र सम्प्रेषण गर्ने वातावरण सृजना गरिदिन निर्वाचन आयोग समक्ष महासङ्घले माग गरेको छ ।
नेपालको संविधानले २०७२ ले धारा २७ मा सूचनाको हक सम्बन्धी व्यवस्था गरेको छ । प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ भन्ने व्यवस्था गरेको छ ।
सुरेश खत्री
सम्बन्धित समाचारहरू
श्रीमानको कुटाइबाट घाइते महिलाको उपचारको क्रममा मृत्यु
श्रीमानको कुटपिटबाट घाइते पुतलीबजार नगरपालिका– १३ निवासी कमला न्यौपाने सुवेदीको उपचारको क्रममा नर्भिक अस्पताल काठमाण्डौँमा ०७९ चैत ८ गते मृत्यु भएको छ । ०७९ माघ २२ गते राती श्रीमान लक्ष्मीप्रसाद…
बम विष्फोट र संगठित अपराधमा चार वर्ष कैद
बम विष्फोट गराई प्रहरीहरूको ज्यानमार्ने उद्योग गरेको र संगठित अपराध गरेको कसूरमा खड्ग नगरपालिका–९ लालपट्टीका ४१ वर्षीय पशुपति चौधरीलाई चैत ९ गते ४ वर्ष कैद सजाय भएको छ । जिल्ला…
कैद ठहर भएका बालकलाई संरक्षककै जिम्मा
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदेबर्साइन नगरपालिका–३ गौराका १२ बर्षीय बालकलाई चैत ९ गते अदालतले ६ महिना कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले ठहर गरेको…
बलात्कार घटनाको कसुरमा कैद सजाय
एक १५ वर्षीया बालिकालाई लहान नगरपालिका–२२ का २१ वर्षीय राजन सदायले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १२ वर्ष ६ महिना कैद सजायको फैसला चैत ८ गते गरेको छ…
हिंसा पीडितको न्याय माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सिन्धुलीमा क्रियाशील महिला अधिकार तथा मानव अधिकारकर्मीहरूले ०७९ चैत ९ गते महिला तथा बालिकामाथि यौनजन्य, शारीरिक, मानसिक हिंसाहरू बढ्दै गएको र पीडितले न्याय र सुरक्षा पाउन नसकेको भन्दै त्यसको प्रभावकारीताका…