प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– निर्वाचनको अन्तिम तयारी पुरा

   ०७९ मङ्सिर ३ गते

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्तिम तयारी पुरा भएको प्रदेश १ का जिल्ला निर्वाचन कार्यालयले जनाएका छन् ।

photo 20220909 Morang

ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार जिल्लाका  ७५ ओटा मतदानस्थल र १ सय २३ ओटा मतदान केन्द्रमै कर्मचारी पुगेका छन । निर्वाचन सामाग्री र मतपत्रसहित कर्मचारीको टोली सम्बन्धित मतदान केन्द्रमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १५ वटा मतदान केन्द्रमा महिला मतदान अधिकृत छन् । २३ वटा मतदानस्थल अतिसंवेदनशिल,२३ वटा संवेदनशिल र २९ वटालाई सामान्य मतदानस्थलको रुपमा प्रशासनले बर्गीकरण गरेको छ । भौगोलिक विकटता र मतपत्र ढुवानीका दृश्टिकोणले अतिसंवेदनशिल मतदानस्थल भनिएको प्रशासनले जनाएको छ । मुख्य निर्वाचन अधिकृत तथा न्यायधिस निर्मला योङयाले मंसिर ३ गते इन्सेक प्रतिनिधिसँगको कुराकानीमा भने,‘३ दिन टाढाको मतदान केन्द्र याङ्मा तथा सदरमुकाम नजिकको मतदान केन्द्रको तयारी पुरा भएको छ । मतदान गराउन सबै तयारी सकिएको छ ।’ जिल्लामा २ वटा अस्थायी मतदान केन्द्र छन् । फुङलिङ नगरपालिका–७ तोक्मेडाँडा र कारागारमा अस्थायी मतदान केन्द्र थप भएका हुन् । अस्थायी मतदान केन्द्रमा मतदान गर्ने अस्थायी मतदाताको संख्या १ हजार ५ जना रहेको छ । जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार प्रतिनिधिसभातर्फ समानुपातिकमा मात्र मतदान गर्न पाउने प्रावधान छ । एक प्रतिनिधिसभासहित दुई वटा प्रदेशसभामा ८८ हजार २ सय ८५ मतदाता रहेका छन् । तीमध्ये प्रदेशसभा ‘क’ निर्वाचन क्षेत्रमा ४८ हजार ७ सय ६१ जना मतदाता छन् । प्रदेश सभा निर्वाचन ‘ख’ मा ३९ हजार ५ सय २४ मतदाता छन् । प्रत्यक्ष र समानुपातिकतर्फका ९८-९८ हजार मतमत्र आइपुगेको छ । समानुपातिकतर्फ प्रदेश नं. क मा ५५ हजार र ख मा ४५ हजार थान मतपत्र प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरि प्रत्यक्षतर्फ प्रदेश क मा ५४ हजार थान र ख मा ४४ हजार थान मतपत्र छ ।जिल्लाका ४ वटा मतदान केन्द्रको मतपत्र हेलिकप्टरमार्फत ढुवानी गर्नका लागि निर्वाचन आयोग र गृह मन्त्रालयसँग माग गरेको छ । प्रमूख जिल्ला अधिकारी महेश कुमार पोखरेलले भने,‘याङ्मा,ओलाङचुङगोला,ग्याब्ला र घुन्साको मतपत्र हेलिमा ल्याउन अनुरोध गरेका छौ । किनकी याङमा पुग्न ३ दिन र बाकी ठाउमा पुग्न २ दिन लाग्छ ।’ यी चार वटा मतदान केन्द्र फक्ताङलुङ गाउँपालिका ६ र ७ वडामा पर्छ । याङ्मामा ६१ जना,ओलाङचुङगोलामा २ सय ८४ जना,घुन्सामा १ सय ६९ जना र ग्याब्लामा ६७ जना मतदाता रहेको सहायक निर्वाचन अधिकृत शम्भुप्रसाद रेग्मीले बताए । ९ सय ८५ जना कर्मचारी परिचालन गरिएको छ । मतदान अधिकृत १ सय २५ जना,सहायक मतदान अधिकृत १ सय २५ जना,सहायक कर्मचारी ६ सय १० जना र सहयोगी कर्मचारी १ सय २५ जना छन ।  सम्बन्धित मतदान केन्द्रका अधिकृतले स्यंमसेवक ३ दिनका लागि नियूक्त समेत गर्न सक्नेछन् । प्रमूख जिल्ला अधिकारी पोखरेलका अनुसार जिल्लामा १ हजार ७ सय २ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरी ४ सय ५१ जना,म्यादी ७ सय ३६ जना,नेपाली सेना २ सय १८ जना बाहेक १ गुल्म,सशस्त्र प्रहरी १ सय ७० जना छन् ।

Photo 20221119 Taplejung (1)

Photo 20221119 Taplejung (2)

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्लामा ५ सय ९३ ओटा मतदानकेन्द्रबाट ५ लाख ४४ हजार ९ सय ४१ जना मतदाताले मतदान गर्ने गरी निर्वाचनको सम्पूर्ण तयारी गरिएको छ । जिल्लामा चार ओटा प्रतिनिधिसभा र आठ ओटा प्रदेशसभा सदस्य निर्वाचनका निर्वाचनको सबै तयारी गरिएको जिल्ला निर्वाचन अधिकारी कृष्णप्रसाद पौडेलले बताउनु भएको छ । निर्वाचनका लागि जिल्लामा ५ सय ९३ जना मतदान अधिकृत, ५ सय ९३ जना सहायक मतदान अधिकृत, २ हजार ९ सय ६५ जना सहायक कर्मचारी र ५ सय ९३ जना कार्यालय सहयोगी सहित ४ हजार ७ सय ४४ जना मतदान कार्यका लागि कर्मचारी खटाइएको छ । प्रत्येक केन्द्रमा मतदान अधिकृतहरूलाई चार जनाका दरले स्वयम सेवक थप राख्नका लागि बजेट दिइएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले १ हजार ४ सय ८१ जना नेपाल प्रहरी, २ हजार ५ सय ९५ जना म्यादी प्रहरी, ४ सय ४० जना नेपाली सेना, ७ सय ३९ जना सशस्त्र प्रहरी, १९ जना राष्ट्रिय अनुसन्धानका गरी ५ हजार २ सय ७४ जना सुरक्षाकर्मी निर्वाचनका लागि परिचालन भएको बताउनु भयो । निर्वाचन शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष र भयरहित वतावरणमा सम्पन्न गर्नका लागि नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाल प्रहरी सहितको विभागको जनशक्ति परिचालन भएकाले भयरहित ढङ्गमा आफूलाई मन गरेको उम्मेदवार र राजनीतिक दललाई मतदान गर्न अपिल गर्नु भएको छ । समानुपातिकमा मतदान गर्नका लागि कैदीबन्दी र कर्मचारीका लागि दुई ओटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी कृष्णप्रसाद पौडेलले क्षेत्रीय कारागार झुम्काका कैदीबन्दीमध्ये ५८ जनाले समानुपातिक निर्वाचन प्रणालीका लागि मतदान दिने भएकोले झुम्का कारागारमा एउटा र कर्मचारी सुरक्षाकर्मी सहितका लागि जिल्ला समन्वय समितिमा गरी दुई ओटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लमा निर्वाचन क्षेत्र नं. १ मा ४० स्थानमा १ सय ५२ ओटा मतदान केन्द्र तोकिएको छ । निर्वाचन क्षेत्र नं. २ मा ४० स्थानमा १ सय ६० ओटा मतदान केन्द्र, निर्वाचन क्षेत्र नं. ३ मा ४६ स्थानमा १ सय ३९ ओटा मतदान केन्द, निर्वाचन क्षेत्र नं. ४ मा ४० स्थानमा १ सय ४२ ओटा मतदान केन्द्र तोकिएको छ ।

Photo 20221119 Sunsari

झापा प्रतिनिधि नरेश खातीका अनुसार जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पुरा गरिएको छ । निर्वाचनको सम्पूर्ण तयारीसँगै जिल्ला कारागारका कैदीबन्दी र कर्मचारीका लागि चन्द्रगढीमा दुई ओटा अस्थायी मतदान केन्द्रसहित जिल्लाका २ सय ८५ ओटा मतदानस्थलमा ७ सय ६८ ओटा मतदान केन्द्र कायम गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालयका एसपी विश्वमणि पोखरेलले मतदानस्थल सामान्य ४६, सम्वेदनशील १ सय ४४ र ९५ ओटा अति संवेदनशील मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन गरिएको बताउनु भएको छ । मतदान केन्द्रको सुरक्षासहित निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाल प्रहरीका २ हजार ८२ जना र म्यादी प्रहरी ३ हजार ४ सय ६२ जना परिचालन गरिएको छ । सशस्त्र प्रहरी र नेपाली सेनालाई समेत परिचालन गरिएको छ । निर्वाचनका लागि ६ हजार २ सय २८ र दुई ओटा अस्थायी मतदान केन्द्रका लागि ६ हजार १ सय ३४ जना कर्मचारी परिचालन गरिएको मुख्य निर्वाचन  अधिकृतको कार्यालयका सूचना अधिकारी वीरेन्द्र बस्नेतले बताउनु भयो । पाँच ओटा निर्वाचन क्षेत्र जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि ९४ जना र प्रदेशसभा सदस्य पदका लागि ९८ जनाले उम्मेदवारी दिएका छन् । जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा ६ लाख ६३ हजार ३ सय ११ जना मतदाता मतदान दिने जनाएको छ । निर्वाचनका लागि ७ लाख २९ हजार ६ सय ४२ थान मतपत्र सबै निर्वाचन केन्द्रमा पुर्याइएको मुख्य निर्वाचन अधिकृत तुलसी नेपालले बताउनु भएको छ ।

Photo 20221119 Jhapa (1)

Photo 20221119 Jhapa (2)

मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार जिल्लामा निर्वाचनको तयारी पुरा भएको छ । मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको बताउनु भयो । जिल्लामा ३ सय ६ ओटा स्थायी र दुई ओटा अस्थायी मतदानस्थल कायम गरिएको छ । ८ सय ३९ ओटा स्थायी मतदान केन्द्र र दुई ओटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । ७ लाख ३५ हजार ५ सय २५ जना मतदातामध्ये ३ लाख ६१ हजार १ सय ९३ जना महिला, ३ लाख ७४ हजार ३ सय २६ जना पुरूष र अन्य ६ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । मोरङ कारागारका २ सय १ जना कैदीबन्दी अस्थायी मतदाता रहेका छन्  भने २ हजार ५ सय ९५ जना कर्मचारी तथा सुरक्षाकर्मी पनि अस्थायी मतदाता छन् । कारागारका कैदीबन्दीका लागि कारागारमै अस्थायी मतदान केन्द्र तयार पारिएको छ । कर्मचारीहरूका लागि विराटनगरको आदर्श पुस्तकालयमा मतदान केन्द्र तोकिएको छ । यस्तै निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीका लागि सम्बन्धित निर्वाचन स्थलका केन्द्रहरूमा मतदान गर्ने व्यवस्था मिलाइएको छ  । केरावारी गाउँपालिका– ६ स्थित कालापानी सामुदायिक वन उपभोक्ता समिति मतदान केन्द्रमा सबै भन्दा बढी १ हजार ७६ जना मतदाता छन् । सबै भन्दा कम धनपालथान गाउँपालिका–७ स्थित सर्वोदय मावि मुसहरी टोल छेउ मतदान केन्द्रमा ३ सय ९० जना मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लमा ६ हजार ७ सय १२ जना कर्मचारी खटाइएका छन् । मतदान केन्द्रहरूमा स्वयंसेवक तथा निर्वाचनका विभिन्न कामहरूको प्रयोजनका लागि समेत गरी १३ हजार भन्दा बढी कर्मचारी खटाइएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनु भयो । नेपाल प्रहरी र म्यादी प्रहरी गरी ५ हजार ३ सय ९५, शसस्त्र, नेपाली सेनालगायतका अन्य सुरक्षा निकायबाटसमेत कुल ७ हजार ४ सय १७ सुरक्षाकर्मी खटाइएको मोरङका प्रमुख जिल्ला अधिकारी  दाहालले बताउनु भयो । मोरङको उत्तरी क्षेत्रकापालिकाहरूका मतदान केन्द्रहरू र भारतको सीमाक्षेत्रका पालिकाहरूका मतदान केन्द्रहरू  सुरक्षाका दृष्टिले संवेदनशिल रहेको दाहालले बताउनुभयो । सुरक्षाका हिसावले संवेदनशिल देखिएका मतदान स्थल तथा केन्द्रहरूको सुरक्षाका लागि विशेष व्यवस्था गरिएको दाहालले बताउनुभयो । मोरङको बालिका मावि मतदान केन्द्रलाई नमुनाका रुपमा महिला कर्मचारी मात्रै खटाइएको छ । नमुना केन्द्रका रुपमा सबै कर्मचारी महिला मात्रै खटाइएको मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो । दाहालले मतदातालाई त्रसित पार्ने उद्देश्यले मोरङको विराटनगर–३ स्थित पुष्प मार्ग र खारजी स्थित राजमार्गको छेउमा शंकास्पद बस्तु राखिएको र त्यस्ता बस्तुहरूलाई नेपाली सेनाको बम डिस्पोजल टोलिले नष्ट गरेको छ । मव जस्तो शंकास्पद बस्तु राखिए पनि दुबै स्थानमा फेला परेका बस्तुहरू वम नभएको दाहालले स्पष्ट पार्नुभयो ।

Photo 20221119 Morang (5)

Photo 20221119 Morang (8)

Photo 20221119 Morang (9)

Photo 20221119 Morang (11) Photo 20221119 Morang (12)

Photo 20221119 Morang (14)

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी पूरा भएको छ । धनकुटामा १ सय १९ मतदानस्थलमा कर्मचारी पुगेर आवश्यक तयारी गरिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा १ सय ६२ स्थायी र २ अस्थायी गरि  १ सय ६४ मतदान केन्द्र रहेका छन् । अस्थायी मतदान स्थलमा कैदीबन्दीका लागि जिल्ला कारागारमा र निर्वाचनमा नखटिने कर्मचारी, शिक्षक, सेना, प्रहरीका लागि गोकुण्डेश्वर माविमा मतदान स्थल कायम गरिएको छ।जिल्लामा निर्वाचन गराउन १ हजार ३ सय १२ जना कर्मचारी खटिएका छन्। एउटा मतदानस्थलमा ८ जना कर्मचारी खटिएका छन् । प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत एक, सहायक मतदान अधिकृत एक, सहायक कर्मचारी ५ र सहयोगी एक जना खटिएका छन् । मतदाता संख्याको आधारमा बढीमा ३ जनासम्म स्वंसेवक परिचालन हुने छन्। ती स्वंसेवक भने स्थानीयलाई खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी राजन बास्तोलाले जानकारी दिनुभयो । जसअनुसार १ सय ६४ मतदान अधिकृत, १ सय ६४ सहायक मतदान अधिकृत खटिएका छन् भने ८ सय २० मतदान कर्मचारी खटिएका छन् । यस्तै १ सय ६४ सहयोगी खटिएका छन् । मतदान कर्मचारीमा ६ सय ५३ शिक्षक रहेको जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठले जानकारी दिनुभयो । शिक्षक भने प्रावि तहका स्थायी मात्रै रहेका छन् । यस्तै जिल्लामा ५ सय २ जना नेपाल प्रहरी, ९ सय ३० जना म्यादी प्रहरी परिचालन गरिएको छ। स्वच्छ र भयरहित निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानको विभागको जनशक्ति गरी १ हजार ९ सय ३२ जना सुरक्षाकर्मी परिचालन गरि जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ । तीन ओटा नगरपालिका र चार ओटा गाउँपालिका गरी सात ओटा स्थानीय तह रहेको जिल्लामा प्रतिनिधिसभाको लागि एक ओटा र प्रदेशसभाको लागि २ वटा निर्वाचन क्षेत्र रहेका छन् । जिल्लामा सुरक्षाको प्रहरीको मोबाइल गस्ती, घुम्ती गस्ती खटाइएको धनकुटाका प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो । जिल्लामा प्रतिनिधिसभाको लागि १ लाख १६ हजार ९ सय ९१ मतदाता रहेकोमा पुरुष ५८ हजार ५ सय ४६ र महिला ५८ हजार ४ सय ४५ रहेका छन् । प्रदेश निर्वाचन क्षेत्र क मा ६१ हजार ५ सय १५ मतदाता रहेकोमा पुरुष ३० हजार ५ सय ७१ र महिला ३० हजार ९ सय ४४ रहेका छन् । यता प्रदेश निर्वाचन क्षेत्र ख मा ५५ हजार ४ सय ७६ मतदाता रहेकोमा पुरुष २७ हजार ९ सय ७५ र महिला २७ हजार ५ सय १ रहेका छन् । जिल्लाका १ सय ६४ मतदान केन्द्रमा मतपत्र सहित आवश्यक सामग्री लिएर कर्मचारी पुगेर तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृत योगेन्द्र प्रसाद शाहले बताउनु भयो । उहाँका अनुसार मंसिर ४ गते समयमै जिल्लाभर मतदान सुरु हुनेछ । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जिल्लामा निर्वाचनको तयारी पूरा भएको र अहिलेसम्म अप्रिय घटना नभएको र हुन नदिने बताउनु भयो । उहाँले निर्वाचन सुरक्षाको जिम्मा सबैको भएको बताउँदै आवश्यक सहजीकरण गरिरहेको बताउनु भयो । धनकुटामा प्रतिनिधिसभा ७ जना तथा प्रदेशसभा निर्वाचन क्षेत्र क मा ४ जना र प्रदेश सभा निर्वाचन क्षेत्र ख मा ७ जना उम्मेदवार छन् ।

Photo 20221119 Dhankuta (1)

Photo 20221119 Dhankuta (2)

इलाम प्रतिनिधि बविता मैनालीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा १ सय ५० ओटा मतदानस्थल र २ सय ८५ ओटा मतदान केन्द्र तोकिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ ओटा रहेको जिल्लामा १ लाख १५ हजार ९ सय ५२ जना पुरूष, १ लाख ८ हजार ९ सय २३ जना महिला र दुई जना अन्य गरी २ लाख २४ हजार ८ सय ७७ जना मतदाता रहेका छन् ।  चार ओटा नगरपालिका र ६ ओटा गाउँपालिका गरी १० ओटा स्थानीय तह रहेको छ ।निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा १ मतदान अधिकृत, १ सहायक मतदान अधिकृत, ४ सहायक कर्मचारी र १ सहयोगी खटिएका छन्। इलाममा ५५० नेपाली सेना, ४५४ शसस्त्र प्रहरी, ७७५ नेपाल प्रहरी, एक हजार ४४८ जना म्यादी प्रहरी र १५ जना अनुसन्धानको टोली खटिने तयारी गरिएको  प्रमुख जिल्ला अधिकारीले  जानकारी दिनुभयो ।यसपटक निर्वाचन बहिस्कारमा रहेको नेपाल कम्युनिष्ट पार्टीको समुहबाट हुने खतरालाई पनि विशेष चासो दिइएको बताइएको छ ।  यसको लागि सम्पुर्ण सुरक्षाको  तयारी पुर्ण रहेको  र जिल्ला सुरक्षा योजना अन्तर्गत निर्वाचनका दिन भर खटिने गरेर चारवटा मोवाइल टोली पनि बनाइएको जिल्लाका प्रहरी प्रमुख  दिलिप घिमिरेले जानकारी दिनुभयो । जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्व रहने र निर्वाचन क्षेत्रमा खटाइएको टोली उप–सचिव स्तरको कर्मचारीको नेतृत्वमा रहने जनाइएको छ । यस्तै निर्वाचनलाई मध्यनजर गर्दै पूर्वी नेपाल–भारत सीमान शील गर्ने विषयमा भारतको दार्जिलिङ्ग स्थित सरकारी समकक्षीहरु सँग बैठक बसेर त्यसको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी माधव  प्रसाद ढुङ्गानाले बताए । दुईदिन अघि नेपाल–भारत सीमाना पशुपतिनगर स्थित फाटकमा भएको बैठकमा निर्वाचनको ७२ घण्टा अघि सीमा शील गर्ने, निर्वाचनको मौका छोपेर हुन सक्ने निकासी पैठारीका गतिविधि रोक्नेलगायतका विषयमा छलफल भएको ढुङ्गनाको भनाइ छ ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयारी अन्तिम पुरा भएको छ । मतदानस्थलमा मतपत्र, मतपेटिका लगायतका निर्वाचन सामग्री लिएर मङ्सिर ३ गते कर्मचारी र सुरक्षाकर्मीको टोलीले मदिरा, हातहतियार, चुनावी प्रचारप्रसार गर्न निषेध सम्बन्धी सूचना टाँसेका छन् । जिल्लाका १ सय ६२ मतदान केन्द्रमा कर्मचारी पुगिसकेको सहायक निर्वाचन अधिकृत सापकोटाले बताउनुभयो । उहाँका अनुसार मतदानका लागि जिल्लाभर सम्पूर्ण तयारी पुरा भएको बताउनुभयो । जिल्लामा १ सय  ६२ मतदान अधिकृत,साहयक मतदान अधिकृत १ सय ६२ र साहयक कर्मचारी  ८ सय ३ र सहयोगी १ सय ६२ सहित  १२ सय ८९ कर्मचारी खटाइएको छ ।  जिलामा निर्वाचनका लागि ५ सय १३ जना नेपाल प्रहरी, ९ सय २५ जना म्यादी प्रहरी परिचालन गरिने भएको छ । स्वच्छ र भयरहित निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानको विभागको जनशक्ति गरी १ हजार ९ सय ३८ जना सुरक्षाकर्मी परिचालन गरिने जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ । पाँच ओटा नगरपालिका र पाँच ओटा गाउँपालिका गरी १० ओटा स्थानीय तह रहेको जिल्लामा एक ओटा निर्वाचन क्षेत्र छ । उनीहरूले मतदान स्थलको तयारी अन्तिम चरणमा पुर्याएका छन् भने मत पेटिका राख्ने र तारजालीले घेरेर मत गणना स्थल बनाउने काम समेत सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनास्थलमा सिसी क्यामरा समेत जडान गरिएको छ । प्रमुख जिल्ला अधिकारी बीरेन्द्र यादवका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा मतदान अधिकृत कर्मचारी र सुरक्षाकर्मी पुगिसेको र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न हुने बताउनुभयो । जिल्लामा सुरक्षाको भरपर्दा सुरक्षा ब्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रवीन्द्र गोदारले बताउनुभयो । सङ्खुवासभामा  दुई वटा अस्थायी मतदान केन्द्र गरिएको जिल्ला निर्वाचन अधिकारी रामेश्वर निरौलाले बताउनुभयो । समानुपातिक निर्वाचन प्रणालीका लागि जिल्लामा दुई वटा अस्थायी मतदान केन्द्र कायम गरिएको हो । जिल्लामा १ हजार ४ सय ३ अस्थायी मतदाता रहेका छन् ।  जिल्ला निर्वाचन अधिकारी  निरौलाका अनुसार  ६२ जना कैदीबन्दी सहित १ हजार ४ सय ३ जना अस्थायी मतदाता रहेका छन् । अस्थायी मतदातामा कर्मचारी, सेना, प्रहरी, कारागारका कैदीबन्दी रहने बताइएको छ । सङ्खुवासभामा एक प्रतिनिधिसभा र  दुई प्रदेशसभा रहेका छन् । जिल्लामा १ लाख १७ हजार ५ सय ५४ मतदाता रहेका छन् । त्यस्तै गरी १ हजार ४ सय ३ अस्थायी मतदाता रहेका छन् ।  सङ्खुवासभामा आगामी मङसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा  निर्वाचनका लागि ८ वटा मतदान स्थल सुरक्षा सम्वेदनशीलताका हिसाबले अति सम्वेदनशील मानिएको छ । जिल्लाका एक सय आठ मतदान स्थललाई सुरक्षा सम्वेदनशीलका आधारमा बर्गिकरण गरिएको छ । जिल्ला सुरक्षा समितिले ती मतदान स्थललाई अति सम्वेदनशील मतदानस्थल भनि विश्लेषण गरेको छ ।  प्रमुख जिल्ला अधिकारी बिरेन्द्र यादवका अनुसार १ सय ३  ओटा मतदान स्थलमध्ये  ८२ ओटा मतदानस्थल सम्वेदनशील र १८ ओटा मतदानस्थललाई सामान्यको सूचीमा राखिएको छ । सुरक्षा सम्वेदनशीलका हिसावले तीन भागमा बर्गिकरण गरिएको प्रजिअ यादवले बताउनुभयो । अति सम्वेदनशील मतदान स्थलमा ४ हजार ९१ जना मतदाता रहेका छन् ।  मतदान केन्द्रलाई तीन भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाउने बताइएको छ । अति सम्वेदनशील मतदान स्थल तथा केन्द्रको सुरक्षा चुनौती हेरेर सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ ।  भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा यस अघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अति सम्वेदनशील, सम्वेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको प्रशासनले जनाएको छ । जिल्लामा  ८ वटा मतदान स्थल सुरक्षा सम्वेदनशीलताका हिसाबले अति सम्वेदनशील मानिएको छ । जिल्लाका एक सय ८ मतदान स्थललाई सुरक्षा सम्वेदनशीलका आधारमा बर्गिकरण गरिएको छ । प्रतिनिधिसभा सदस्यका लागि पुरुष ६० हजार ८ सय ६४ र ५६ हजार ६ सय ९० महिला सहित १ लाख १६ हजार ५ सय ५४ मतदाता रहेका छन् । प्रदेशसभा (१) मा पुरुष ३० हजार ६ सय ६३ र महिला २८ हजार ३ सय ६६ सहित ५९ हजार २९ मतदाता रहेका छन् । त्यस्तै गरी प्रदेशसभा (२) मा पुरुष ३० हजार २ सय १ र महिला २८ हजार २८ हजार ३ सय २४ सहित ५८ हजार ५ सय २५ मतदाता रहेका छन् ।  प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन लागि सङ्खुवासभामा मतपत्र जिल्ला आइपुगेको छ । सङ्खुवासभामा एक प्रतिनिधिसभा र  दुई प्रदेशसभा रहेका छन् ।  प्रतिनिधिसभा प्रत्यक्ष तर्फ १ लाख ३० हजार मतपत्र आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशसभा (१) का लागि ६५ हजार र प्रदेशसभा (२) तर्फ ६५ हजार मतपत्र आएको मुख्य निर्वाचन अधिकृत टेकनाथ गौतमले बताउनुभयो । त्यस्तै प्रतिनिधिसभा सामानुपातिक तर्फ १ लाख ३४ हजार मतपत्र आएको छ । प्रदेशसभा (१) मा ६७ हजार र प्रदेशसभा (२) मा ६६ हजार मतपत्र आइपुगेको छ । सङ्खुवासभामा एक प्रतिनिधिसभा र  दुई प्रदेशसभा रहेका छन् । प्रदेश तथा प्रतिनिधिसभा सदस्यका २९ जना उम्मेदवार चुनावी मैदान उत्रिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा १ मा महिला उम्मेदवार शुन्य रहेको छ ।  प्रतिनिधिसभा सदस्यमा दुई स्वतन्त्र सहित १२ जना पुरुषको मात्र उम्मेदवारी परेको छ । त्यस्तै गरी प्रदेश सभा (१) प्रदेश सदस्यका लागि एक एक स्वतन्त्र सहित ८ जनाको पुरुषको उम्मेदवारी परेको छ । प्रदेशसभा २ मा दुई जना महिलाको उम्मेदवारी परेको छ । प्रदेश सभा (२) तर्फ  नेकपा एकिकृत समाजवादीकी सरिता थापा, मंगोल नेशनल पार्टीबाट माया गुरुङ उम्मेदवारी दर्ता गराएका छन् । समाजवादीकी थापा यस अघि नेकपा एमाले पार्टीबाट समानुपातिक तर्फबाट प्रदेशसभा हुनु भएको थियो । भने मंगोल नेशनलकी गुरुङको पहिलो पटक चुनावी मैदानमा छन् ।

Photo 20221119 Sangkhuwasabha (1)

Photo 20221119 Sangkhuwasabha (2)

खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार एक प्रतिनिधि सभा र दुई प्रदेशसभा रहेको खोटाङमा १ सय ३६ मतदानस्थल र एक सय ९४ मतदान केन्द्र र दुई अस्थायी केन्द्र कायम गरी मतदानको अन्तिम तयारी गरिएको छ । जिल्लामा ४७ हजार ९ सय २७ जना पुरुष र ४६ हजार ८ सय ३५ जना महिला गरी १ लाख ४२ हजार ७ सय ९२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजेश गौतमले वताउनु भयो । निर्वाचनका लागि १ हजार ५ सय ५८ जना कर्मचारी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाईले वताउनु भयो । १ हजार ८ सय ४६ जना नेपाल प्रहरी र  १ हजार  १ सय ७८ जना म्यादी प्रहरी परिचालन गरिएको डिएसपी मञ्जिल मुकारुङले बताउनु भयो ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । निर्वाचनको लागि २ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लामा नेपाल प्रहरी, म्यादी प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना गरी सुरक्षाकर्मी परिचालन गरिएको हो । निर्वाचनलाई सफलतापुर्वक सम्मन्न गर्न पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा शसस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना तैनाव रहने गरि सुरक्षा प्रवन्ध मिलाइएको ओखलढुङ्गाका डिएसपी सुकदेव खनालले बताउनुभयो ।  जिल्लामा निर्वाचन सुरक्षाका लागि ३ सय नेपाली सेना, ५ सय नेपाल प्रहरी, २ सय शसस्त्र प्रहरी र ८ सय म्यादी प्रहरी गरि १८ सय सुरक्षाकर्मी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।  निर्वाचनमा जिल्ला कारागारबाट २५ जनाले मतदान दिने भएका छन् । कारागारमा अहिले कैदीबन्दी गरी ९१ जना छन् । जसमा कैदी ५८ जना र बन्दी ३३ जना छन् । निर्वाचनमा मतदान गर्न पाउनेमा १५ जना कैदी र १० जना बन्दी रहेको जिल्ला कारागार कार्यालयले जनाएको छ । आगामी मंसिर ४ गते जिल्लामा एक लाख १७ हजार आठ सय ९७ जना मतदाताले मतदान गर्नेछन् । जसमा पुरुष ५९ हजार ८ सय १५ र महिला ५८ हजार ८१ मतदाता रहेका छन् । जिल्लामा ८४ मतदान स्थल र १५३ मतदान केन्द्रमा रहेका छन् । निर्वाचन सम्पन्न गर्न मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी गरि १२ सय २४ कर्मचारी खटिएका छन् । आइतबार बिहान ७ बजेबाट मतदान सुरु हुनेछ । जिल्लामा यसपटक एक लाख १७ हजार आठ सय ९७ जना मतदाताले मतदान गर्नेछन् । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ का लागि जिल्लामा २ लाख ६१ हजार मतपत्र आएको छ । जिल्लामा समानुपातिक बाहेक प्रतिनिधि र प्रदेशसभाका लागि कात्तिक १९ गते आयोगले पठाएको २ लाख ६१ हजार थान मतपत्र प्राप्त भएको जिल्ला निर्वाचन अधिकारी प्रेमप्रसाद न्यौपानेले बताउनु भयो । जिल्लामा समानुपातिक तर्फका लागि २ लाख ६४ हजार मतपत्र आएको छ । निर्वाचको तयारीसँगै मतदान सामाग्री मतदानस्थलमा पुर्याउन थालिएको अधिकारी न्यौपानेले बताउनु भयो । जिल्लाको २ ओटै निर्वाचन क्षेत्रमा पठाउने मतपत्र प्याक गर्ने, सिल गर्ने लगायतका काम भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । चुनावका लागि प्रत्येक मतदान केन्द्रमा पठाइने मतपत्र र आवश्यक विभिन्न सामाग्रीहरू कर्मचारीलाई तालिमपछि हस्तान्तरण गरिनेछ । मङ्सिर ४ गते हुने निर्वाचनमा जिल्लामा १ लाख १७ हजार ८ सय ९७ जना मतदाताले मतदान गर्नेछन् । जसमा ५९ हजार ८ सय १५ जना पुरूष र ५८ हजार ८१ जना महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Photo 20221119 Okhal

पाँचथर प्रतिनिधि सहमान विश्वकर्माका अनुसार निर्वाचनका लागि जिल्लामा ३ हजार सुरक्षाकर्मी र १ हजार ४ सय २० कर्मचारी परिचालन भएका छन् । जिल्लामा अस्थायी म्यादी प्रहरी १ हजार १२,शसस्त्र प्रहरी २ सय ३५ र अन्य सुरक्षाकर्मी गरी जम्मा ३ हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनु भयो । निर्वाचन संचालनका लागि जिल्लामा १ सय ७९ मतदान अधिकृत र १ सय ७९ सहायक मतदान अधिकृत तथा १ हजार ६२ सहायक कर्मचारी गरी जम्मा १ हजार ४ सय २० कर्मचारी परिचालित भएको मुख्य निर्बाचन अधिकृत टिकेन्द्र दाहालले बताउनुभयो । जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशील, ५८ वटालाई संवेदनशील र १० वटालाई सामान्यमा वर्गीकरण गरिएको थियो । यसरी सुरक्षाको दृष्टिकोण संबेदनशिल रहेका क्षेत्रहरुलाइ समेत मध्यनजर गरी सुरक्षा प्रबन्ध मिलाइएको डिएसपी हरी खतिवडाले बताउनुभयो । प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको १ लाख ५३ हजार, प्रत्यक्ष तर्फ क्षेत्र नं.१ का लागि ८३ हजार र क्षेत्र नं.२ का लागि ७२ हजार र अस्थायि मतदाताका लागि प्रतिनिधि सभाको समानुपातिक तर्फको ५ हजार र समानुपातिक तर्फको प्रतिनिधि सभाका लागि  १ लाख ५३ हजार, क्षेत्र नं.१ का लागि ८३ हजार र क्षेत्र नं.२ का लागि ७२ हजार मतपत्र आइसकेको सहायक निर्बाचन अधिकृत बिश्वजंग सिजापतिले बताउनुभयो । पाँचथर जिल्लामा प्रतिनिधि सभाका लागि १ र प्रदेश सभाका लागि २ निर्बाचन क्षेत्र छ । जिल्लामा १०२ मतदान स्थल र १७७ मतदान केन्द्र रहेका छन् । जिल्लामा ७३३६६ पुरुष र ६५५६६ महिला गरी जम्मा १३८९३२ मतदाता रहेकाछन् । त्यसैगरी पाँचथर कारागारमा रहेका ४३ जना कैदी बन्दी अस्थायी मतदाता रहेका छन् । कारागारमा रहेका  ६३ पुरुष र ५ महिला कैदी र ६४ पुरुष र ४ महिला बन्दी गरी जम्मा १३६ कैदी बन्दी  मध्ये २१ पुरुष र २ महिला कैदी र २० पुरुष बन्दी सहित जम्मा ४३ जना कैदी बन्दी अस्थायी मतदाता रहेको जिल्ला कारागारका जेलर सुरेन्द्र मुखियाले बताउनु भएको छ ।

Photo 20221119 Pacthar (1)

Photo 20221119 Pacthar (2)


इन्सेक प्रदेश १, कार्यालय विराटनगर