प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– एमाले र गठवन्धनका कार्यकर्ताबिच झडप
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ को पूर्व सन्ध्यमा माप्य दूधकोशी गाउँपालिका–६ मा नेकपा एमालेका कार्यकर्ता र गठवन्धनका कार्यकर्ताबिच झडप भएको छ ।
झडपमा संलग्न भएको आरोपमा प्रहरीले माप्य दूधकोशी गाउँपालिका–६ वाकुका २८ वर्षीय विशाल राई, २६ वर्षीय विकास राई र २९ वर्षीय सुजन राईलाई मङ्सिर २ गते गिरफ्तार गरेको छ ।
विशाल राई नेकपा एमालेको र विकास र सुजन राई गठवन्धनका कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकिशोर शाहले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
मङ्सिर ३ गते बिहान तीनै जनालाई सम्झाएर रिहा गरेको इन्स्पेक्टर शाहले बताउनु भयो ।
स्थिर समयमा मतदातालाई प्रभावमा आर्थिक प्रलोभनमा पार्दै हिँडेको अवस्थामा दुवै पक्षबिच झडप भएको उनीहरूको आरोप छ ।
अञ्जु कार्की
सम्बन्धित समाचारहरू
बम विष्फोट र संगठित अपराधमा चार वर्ष कैद
बम विष्फोट गराई प्रहरीहरूको ज्यानमार्ने उद्योग गरेको र संगठित अपराध गरेको कसूरमा खड्ग नगरपालिका–९ लालपट्टीका ४१ वर्षीय पशुपति चौधरीलाई चैत ९ गते ४ वर्ष कैद सजाय भएको छ । जिल्ला…
कैद ठहर भएका बालकलाई संरक्षककै जिम्मा
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदेबर्साइन नगरपालिका–३ गौराका १२ बर्षीय बालकलाई चैत ९ गते अदालतले ६ महिना कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले ठहर गरेको…
बलात्कार घटनाको कसुरमा कैद सजाय
एक १५ वर्षीया बालिकालाई लहान नगरपालिका–२२ का २१ वर्षीय राजन सदायले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १२ वर्ष ६ महिना कैद सजायको फैसला चैत ८ गते गरेको छ…
हिंसा पीडितको न्याय माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सिन्धुलीमा क्रियाशील महिला अधिकार तथा मानव अधिकारकर्मीहरूले ०७९ चैत ९ गते महिला तथा बालिकामाथि यौनजन्य, शारीरिक, मानसिक हिंसाहरू बढ्दै गएको र पीडितले न्याय र सुरक्षा पाउन नसकेको भन्दै त्यसको प्रभावकारीताका…
यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजाय फैसला
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०७९ चैत ८ गते कालिका नगरपालिका-१ बस्ने ३३ वर्षीया धनकुमारी चौधरीलाई तीन महिना कैद सजाय हुने…