प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– मतदानमा खटिएका दुई कर्मचारीको मृत्यु
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ को पूर्व सन्ध्यमा प्रदेश १ का दुई ओटा जिल्लामा खटिएका मतदान कर्मचारीको मृत्यु भएको छ ।
सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार नेचासल्यान गाउँपालिका–४ फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय विल्टु राय मङ्सिर ३ गते सुतेकै ठाउँमा मृत फेला पर्नु भएको छ ।
राय सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकिशोर शाहले बताउनु भयो ।
सर्लाही, हरिपुर्वा नगरपालिका–५ स्थायी घर भइ राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत हुनुहुन्थ्यो ।
राय लामो समयदेखि सुगर र मुटुको औषधि प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार सागुरीगढी गाउँपालिका–३ मा मतदानमा खटिनु भएकी सहायक कर्मचारीको मृत्यु भएको छ ।
मतदानमा खटिनु भएकी पबित्रा लिम्बुको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले पुष्टि गर्नु भएको छ ।
मङ्सिर २ गते मतदानस्थलको व्यवस्थापन गरिरहेको बेला असहज भएपछी लिम्बूलाई घर पठाइएको थियो ।
कर्मचारी लिम्बू घर पुग्ने वित्तिकै अचानक ढलेको र मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कट्टेललको भनाइ छ ।
इन्सेक प्रदेश १, कार्यालय विराटनगर
सम्बन्धित समाचारहरू
मानव अधिकार उल्लङ्घनका विषयलाई साझा मुद्दा बनाउन आवश्यक : अध्यक्ष अर्याल
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष डा. कन्दन अर्यालले मानव अधिकार उल्लङ्घनका विषयलाई पत्रकार र मानव अधिकार रक्षकले साझा मुद्दा बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले इन्सेकको आयोजनामा असोज १४…
इन्सेक अनलाइनमा प्रकाशित समाचारको प्रभाव : खाद्य संस्थानले फिर्ता गर्यो कुहिएको चामल
नाम्खा गाउँपालिका–५ को मुचु गाउँमा असोज ५ गते बिक्री भएको कुहिएको चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लालले फिर्ता गरेको छ । इन्सेक अनलाइनमा असोज १० गते खाद्य व्यवस्था…
स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य
जिल्ला सदरमुकाम सिलगढीमा रहेका स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य भएका छन् । पानीको मुहान र उपभोक्ताको पाइपसम्म आउने पानीको परीक्षण गर्दा पानीमा कोलिफम (हानिकारक कीटाणु) भेटिएको भए पनि लामो…
आवश्यक कानुनका विषयमा संसदमा आवाज उठाउने: प्रमुख सचेतक विष्ट
कर्णाली प्रदेश सभामा सैद्धान्तिक छलफल हुँदा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी विधेयकको आवश्यकता र औचित्यका विषयमा बोल्ने नेपाली काङ्ग्रेसका प्रमुख सचेतक हिक्मत बहादुर विष्टले प्रतिबद्धता जनाउनुभयो । अनौपचारिक क्षेत्र…
भानु नगरपालिकाले लागु गर्याे स्थानीय पाठ्यक्रम
भानु नगरपालिकाले आधारभूत तह कक्षा एक देखि आठ सम्मका लागि स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ लागु गरेको छ । नगरपालिकाले चालू शैक्षिक सत्र २०८० का लागि उक्त पाठ्यक्रम तयारगरि प्रयोगमा ल्याएको…