प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– दुर्गममा मतदान सामग्री पठाउन थालियो
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन ०७९ का लागि जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा मतदान सामग्री पठाइएको छ ।
सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका पुग्न चारदेखि पाँच दिनसम्म लाग्छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भोटखोला गाउँपालिकाको माथिल्लो क्षेत्रमा मतदान सामग्री र मतदान अधिकृतसहितको टोली पठाएको हो ।
पहिलो चरणमा भौगोलिक रूपमा विकट र दुर्गम मानिएको भोटखोला गाउँपालिकाको दूधपोखरी आधारभूत विद्यालय थुदाम, हिमालय आधारभूत विद्यालय किमाथाङ्का र ज्योती आधारभूत विद्यालय रिदाकका लागि मतदान सामग्रीसहित मतदान अधिकृत टोली कात्तिक २७ गते पठाइएको मुख्य निर्वाचन अधिकृत टेकनाथ गौतमले बताउनु भयो ।
जिल्लाको निकै दुर्गम र विकट क्षेत्र किमाथाङ्का, रिदाक र थुदामसहित तीन ओटा मतदानकेन्द्रका लागि मतपत्र र मतपेटिकासहित कर्मचारी र सुरक्षाकर्मी पठाइएको छ ।
सदरमुकाम खाँदवारीबाट भोटखोला गाउँपालिकाको मतदान केन्द्रमा झण्डै एकसाता समय लाग्ने भएकाले कात्तिक २७ गतेदेखि मतदान सामग्री पठाउन थालिएको मुख्य निर्वाचन अधिकृत गौतमले बताउनु भयो ।
भोटखोला गाउँपालिकामा पाँच ओटा वडामा १० ओटा मतदानकेन्द्र कायम गरिएको छ । भोटखोला गाउँपालिका हिमाली र अति विकट क्षेत्र भएका कारण पैदल हिड्नु पर्छ ।
गाउँपालिकासम्म पुग्न गाडी र पैदल हिड्नु पर्ने भएकाले आवश्यक कपडासहित औषधि, खानपिन लगायतका सामाग्री बोक्न निर्वाचनमा खटिने कर्मचारीलाई निर्देशन दिइएको थियो ।
भोटखोला क्षेत्रमा फोन समस्या हुन सक्ने र निर्वाचनको अवधिमा समस्या आए तत्काल कुनै माध्यमबाट भए सम्पर्क गर्न मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृत गौतमले निर्देशन दिनु भएको छ ।
जिल्लामा दुई अस्थायीसहित १ सय ६४ ओटा मतदानकेन्द्र छन् । जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छ । जिल्लामा १ लाख १७ हजार ५ सय ५४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
भविन कार्की
सम्बन्धित समाचारहरू
बालविवाहविरुद्ध उजुरी दर्ता
१३ वर्षीया बालिकाको सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरका २५ वर्षीय मिथलेश रायसँग बालविवाह भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जेठ २५ गते उजुरी दर्ता भएको छ । छिन्नमस्ता गाउँपालिका–१ बरहीका ४२ वर्षीय…
बलात्कार घटनाकाे कसुरमा १२ वर्ष कैद र जरिवाना
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय दिपक सरदारलाई जेठ २६ गते १२ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
वीरेन्द्रनगरमा पिउने पानीको चरम अभाव
कर्णाली प्रदेशको राजधानी वीरेन्दनगरमा पिउने पानीको चरम अभाव चुलिदै गएको छ । गर्मी मौसम सुरु भएसँगै प्रयोगमा ल्याइएका पानीका मुहानमा समेत पानीको सतह घट्दा उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो…
बलात्कार मुद्दा मुल्तबीमा राख्ने फैसला
२४ वर्षीया महिलालाई फेदाप गाउँपालिका–३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीले बलात्कार गरेको भनी परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्रे फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ मङ्सिर २० गते दायर…
समान कामको असमान ज्याला
वीरेन्द्रनगर–३ की कल्पना रास्कोटी १६ वर्ष यता निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएकी कल्पनाका दुई दम्पति नै निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै…