प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– अपाङ्गमैत्री मतदाता शिक्षा र मतदानस्थल नभएको गुनासो
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ का लागि निर्वाचन आयोगले विभिन्न प्रकारका मतदाता सामग्री तयार गरी प्रकाशन तथा प्रसारण गरिरहेको छ ।
आयोगले छापामाध्यम, श्रव्यदृश्यका सञ्चार, प्रकाशन तथा प्रसारण माध्यमबाट मतदाता शिक्षाका विषयमा विभिन्न सामग्री तयार गरी मतदाता समक्ष पुर्याउने प्रयास गरिरहेको छ ।
तर, जिल्लाका अपाङ्गता भएका मतदाताले अपाङ्गमैत्री मतदाता शिक्षा नहुँदा अपाङ्गता भएका मतदातालाई समस्या भएको गुनासो गरेका छन् ।
साङ्केतिक भाषा शिक्षक तथा अपाङ्ग सेवा सङ्घका सल्लाहकार श्रवणलाल राईले अपाङ्गमैत्री निर्वाचन शिक्षा नभएको गुनासो आएको बताउनु भयो । उहाँले साङ्केतिक भाषामा मतदाता शिक्षा सञ्चालन हुनुपर्ने बताउनु भयो । हरेक मतदानस्थल अपाङ्गमैत्री भनिए पनि ह्वील चियर लिएर जाने ठाउँ नभएको सङ्घका सल्लाहकार राईको गुनासो छ ।
हिले बहुमुखी क्याम्पसका सहायक प्रमुख प्रदीप फुयलले राजनीतिक दलले अपाङ्गता भएका व्यक्तिबाट नाफा लिने तर, संरचना बनाउन कञ्जुस्याइ गर्ने गरेको बताउनु भयो । उहाँले दृष्टिविहीनले ब्रेल लिपिबाट मतदान दिन पाउने वातावरण बनाउनु पर्ने माग गरिरहेको बताउनु भयो । उहाँले राजनीतिक दलका तथा उम्मेदवारको घोषणापत्रमा कोठामा सिमित भएको बताउँदै हरेक स्थानीय तहमा पनि अपाङ्गमैत्री संरचना नभएको बताउनु भयो । फुयलले निर्वाचनमा अपाङ्गको नाममा राजनीतिक दलले इच्छा विपरित आफैँ मतदान दिने गरेको यसअघिका निर्वाचनमा पाइएको हिले बहुमुखी क्याम्पसका सहायक प्रमुख प्रदीप फुयलको भनाइ छ ।
जिल्लामा करिब ३ हजार ४ सय जना अपाङ्गता भएका व्यक्तिहरू रहेको अपाङ्ग सेवा सङ्घ धनकुटाका अध्यक्ष सेतुलाल आले मगरले बताउनु भयो । उहाँले हरेक मतदानस्थल अपाङ्गमैत्री भनिए पनि यसअघिका निर्वाचनमा त्यस्तो नपाएको बताउनु भयो । अध्यक्ष आलेमगरले अपाङ्गमैत्री शिक्षाको आवश्यकता रहेको बताउनु भयो ।
अपाङ्गता भएका व्यक्तिहरूले मतदान दिन समस्या भोग्दै आउनु परेको अपाङ्ग सेवा सङ्घ धनकुटाका अध्यक्ष सेतुलाल आले मगरको भनाइ छ । अपाङ्गताका लागि पार्टीको घोषणापत्रमा उल्लेख गरे अनुसारको कामको सम्वोधन नगरेको र आफ्ना गुनासो राख्ने ठाउँ समेत नपाएको मगरले गुनासो गर्नुभयो । अध्यक्ष मगरले अपाङ्गता भएका मतदाताहरूलाई सहज र सरल तरिकाले मतदान गर्न सहज गरिदिन आग्रह गर्नु भएको छ ।
अपाङ्ग सेवा सङ्घ धनकुटाका सचिव सुमन बसेलले राजनैतिक दल तथा उम्मेवारहरूले अपाङ्गता भएका मतदाताहरूलाई भोटको अपेक्षा मात्र गर्ने गरेको बताउनु भयो । बसेलले अपाङ्गता भएकालाई दश वर्गमा छुट्टयाइएकोले फरकफरक क्षमता अनुसारका विभिन्न समस्या भएको बताउनु भयो । निर्वाचन लोकतन्त्रको आधार भएकाले निर्वाचनमा सबैको अपनत्वका लागि अपाङ्गतामैत्री शिक्षाकोे आवश्यकता रहेको अपाङ्ग सेवा सङ्घका सचिव बसेलले बताउनु भयो ।
अपाङता भएकाहरूलाई मतदान गर्न निर्वाचन आयोगले सहज तरीकाले व्यस्थापन गर्नुपर्ने हुन्छ । अपाङ्गमैत्री शिक्षा नहुँदा दिइएको मतसमेत खेर जाने हुनाले कुन अवस्थाको अपाङ्ग हो, सोही अनुसारको शिक्षा दिनुपर्ने आवश्यकता रहेकोले विशेष ध्यान दिनुपर्ने सङ्घका सचिव बसेलको भनाइ छ ।
गोडासम्बन्धी अपाङ्गता हुनु भएकी धनकुटा नगरपालिका– ७ त्रिवेणी चोक ६५ वर्षीया शान्तिला तामाङले मत लगाउन जाँदा संरचनाको कारणले समस्या भोग्दै आएको बताउनु भयो ।
नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले गठवन्धनले टोलटोलमा मतदाता शिक्षा अभियान सञ्चालन गरेको भएपनि अपाङ्गता भएकाहरूलाई लक्षित गरी मतदाता शिक्षा सञ्चालन नगरिएको बताउनु भयो । उहाँले आगामी दिनमा राजनीतिक दलले मतदाता शिक्षा सञ्चालन गर्दा आँफैले सचेतता अपाउने र निर्वाचन आयोगलाई समेत आग्रह गरिने बताउनु भयो ।
नेकपा एमाले धनकुटाका सचिव तथा प्रदेशसभा क का उम्मेदवार निरन राईले अपाङ्गता भएका व्यक्तिहरूको यकिन तथ्याङ्क नभएकाले अपाङ्गमैत्री मतदाता शिक्षा सञ्चालन गर्न नसकिएको बताउनु भयो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख जयराम श्रेष्ठले सरकारी मापदण्ड अनुसार अपाङ्गमैत्री मतदानस्थल बनाउँदै आएको बताउनु भयो । श्रेष्ठले यसपटक पनि अपाङ्गमैत्री मतदानस्थल रहने तर, अपाङ्कमैत्री मतदाता शिक्षा भने केन्द्रको कार्यक्रम नआएकाले त्यसो गर्न नसकिएको बताउनु भयो ।
जिल्ला निर्वाचन कार्यालयका जिल्लामा अपाङ्गता भएका मतदाताको सङ्ख्या ३ हजार हाराहारीमा छ ।
ईश्वर थापा
सम्बन्धित समाचारहरू
सुदूरपश्चिम प्रदेश उपनिर्वाचन ०८१ः पाँच ओटा स्थानीय तह मध्ये कांग्रेसका चार र एमालेका एक जना उम्मेदवार विजयी
सुदूरपश्चिम प्रदेशका पाँच ओटा स्थानीय तहमा ०८१ मङ्सिर १६ गते सम्पन्न उपनिर्वाचनको मतपरिणाम सार्वजनिक गरिएको छ । पाँच ओटा स्थानीय तहमध्ये नेपाली काग्रेसका चार र एमालेका एक जना उम्मेदवार विजयी…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ का २४ वर्षीय राजु खानलाई प्रहरीले ०८१ मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर ११ गते काम छ…
मधेस प्रदेशमा स्थानीय तह उपनिर्वाचन ०८१ सम्पन्न
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तर्गत देशभरको ४१ ओटा स्थानीय तह मध्ये मधेस प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ र रौतहटको इशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६…