प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– उम्मेदवारद्वारा आचारसंहिता उल्लङ्घन
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन ०७९ को मिति नजिकिदै गएपछि निर्वाचन आचारसंहिता विपरितका गतिविधि बढ्न थालेको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।
जिल्लामा राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता विपरित सार्वजनिक स्थानहरूमा तोरण, व्यानर, झण्डा झुण्ड्याउन थालेका छन् ।
निर्वाचन अचारसंहिता विपरितको कार्य गर्ने दल र स्वतन्त्रका उम्मेदवारहरूबिच होडबाजी नै चलेको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।
आचारसंहिताले तोके भन्दा ठूला साइजका फ्लेक्स, पोस्टर, ब्यानर, झण्डाको तोरण टाँगेर निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको इन्सेक अनुगमनका क्रममा पाइएको हो ।
सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहनुभएका कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन आचारसंहिता विपरित सुरक्षाकर्मी र सरकारी सवारीसाधन भोट माग्न प्रयोग गर्नु भएको छ ।
धार्मिक,साँस्कृतिक, पुरातात्विक, ऐतिहासिकस्थल वा सार्वजनिक संस्थाको भवन लगायतका सार्वजनिक स्थानमा पर्चा टाँस्न र व्यानर झुण्ड्याउन मन्त्री कार्कीले कार्यकर्ता परिचालन गर्नु भएको अनुगमनका क्रममा फेला परेको छ ।
कार्की नेपाली कांग्रेसकातर्फबाट सुनसरी निर्वाचन क्षेत्र नं.४ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ ।
सोही क्षेत्रमा नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैत निर्वाचन आचारसंहिता विपरितका कार्य सक्रिय भएको पाइएको छ ।
कुसियैतले कोशी गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकाका ऐतिहासिकस्थल वा सार्वजनिक स्थलको भवन, पर्खाल, सडक, खम्बामा प्रचारप्रसार सामाग्री टाँस गर्नु भएको छ ।
निर्वाचन आचारसंहिता ०७९ मा धार्मिक, साँस्कृतिक, पुरातात्विक, ऐतिहासिकस्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचना लगायतका कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न वा टाँग्न निषेध गरिएको छ ।
निर्वाचनमा होमिएका जिल्लाका अधिकांश दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै स्वास्थ्य संस्था, अस्पताल, मन्दिर, सरकारी कार्यालय, चोक, पार्क र बिजुलीको खम्बामा प्रचारप्रसार सामाग्री टाँस छन् ।
निर्वाचनका क्रममा आमसभा गरेको स्थल र समयमा बाहेक अन्य समय र स्थलमा माइक तथा लाउडस्पिकर र ध्वनी उत्पन्न गर्ने यन्त्रको प्रयोग गर्न आचारसंहिताले बन्देज लगाएको छ ।
तर, जिल्लामा डिजे बाजा, लाउडस्पिकरमा चुनावी गीत आदिको प्रयोग गरिएको छ । केही उम्मेदवारले भारतीय नम्बर प्लेटको सवारी साधन प्रयोग गरेका छन् ।
उम्मेदवार र कार्यकर्ताहरू पार्टीको चुनाव चिह्न अङ्कित स्टिकर, व्याच, लोगो लगाएर आमसभा, जुलुस, घरदैलो, भेटघाटमा सहभागी भएको अनुगमनका क्रममा देखिएको छ । निर्वाचनमा होमिएका राजनैतिक दलका नेतासँगै मत माग्ने भेला बैठकमा कर्मचारी र शिक्षकहरू पनि संलग्न रहेको पाइएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित आर्दश आधारभूत विद्यालयका शिक्षक देवराम यादव नेकपा एमाले र जनता समाजवादी पार्टीको निर्वाचन भेलामा सहभागी भएर भोट मागेको पाइएको छ ।
निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा कात्तिक २१ गतेसम्ममा सात जनासँग स्पष्टीकरण मागेको छ । केहीलाई सचेत गराएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हिरा साहले नेपाली कांग्रेसका उम्मेदवारका लागि फेसबुकबाट मत लागेको स्टाटस हटाउन लगाएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताउनु भयो ।
भड्किलो प्रचार शैली नअपनाउन र आचारसंहिताको पालना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले बोलाएको सर्वदलीय बैठकमा दलका नेता, उम्मेदवार र प्रतिनिधिले प्रतिवद्धता जनाए पनि चुनावीप्रचारको चरणमा प्रवेश गर्नासाथ उम्मेदवारहरूले आचारसंहिता विपरितका गतिविधि गरेको पाइएको छ ।
मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले निर्वाचनको निष्ठालाई जोगाएर निर्वाचन आचारसंहिताको पालना गर्न सबैसँग आग्रह गर्नु भएको छ ।
अधिकारीले उल्लङ्घनको तथ्य फेला परेमा उम्मेदवारलाई आग्रह गर्ने, सावधान र सचेत गराउने तथा कारवाहीका लागि निर्वाचन आयोगमा सिफारिस गर्ने कार्य भएको बताउनु भएको छ ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
निर्माणाधिन भवन सञ्चालनमा नल्याउदा विद्यार्थीहरु खोला किनारमा पढ्न बाध्य
०७७ कात्तिक ४ गते आएको बाढीले बगाएको विद्यालय भवन पुनर्निर्माण भइसक्दा समेत सञ्चालनमा नल्याउँदा पञ्चेश्वर गाउँपालिका–१ को गडदेव आधारभूत विद्यालयका विद्यार्थीहरु खोलाको किनारमा खुला आकाशमूनि पढ्न बाध्य भएका छन् ।…
कारागारबाट फरार बन्दी गिरफ्तार
मानव बेचबिखनको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको बेलामा कारागारबाट भागेकी जुगल गाउँपालिका-५ स्थित बराम्ची स्थायी घर भएकी २५ वर्षीया कविता घिमिरेलाई प्रहरीले ०७९ माघ २४ गते काठमाडौँको जडिबुडिबाट गिरफ्तार गरेको छ ।…
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…