प्रदेश सांसदलाई धम्की दिएको आरोपमा चार जना गिरफ्तार
प्रदेश सभाका सांसद बिन्दुकुमार थापा, कास्कीका ब्यवसायीहरू राजेशबाबु श्रेष्ठ, बोधराज गिरी र कालु गुरूङलाई ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले चार जनालाई गिरफ्तार गरेको छ ।
पीडित चारै जनालाई धम्की दिँदै रकम माग गरेको आरोपमा प्रहरीले स्याङ्जा टक्सार घर भई हाल पोखरा-लेखनाथ मनपा-६ बस्ने ३५ वर्षीय नलबहादुर गुरूङ, स्याङजा फेदीखोला गाँउपालिका-२ का २६ वर्षीय अमृत खड्का, सोही ठाउँका २३ वर्षीय शिवबहादुर कार्की र पर्वतको कुश्मा नपा-१० का २७ वर्षीय रामु सुवेदीलाई माघ १७ गते गिरफ्तार गरी माघ १८ गते सार्वजानिक गरेको हो ।
गिरफ्तार गरिएका चारै जनाले सांसद थापा लगायतलाई विगत एक महिनादेखि कहिले नेपाल र कहिले भारतको सिम प्रयोग गरी म्यासेज र फोन कलमार्फत ज्यान मार्ने धम्की दिँदै २ करोडदेखि १० करोडसम्म रकम माग गरेको भनी पीडितहरूले पुस १५ गते प्रहरीमा उजुरी दिएका थिए । लगातार धम्कीका फोन र म्यासेज आउन थालेपछि ब्यवसायीहरूले भने माघ १६ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी खड्ग बहादुर खत्रीले जानकारी दिए ।
सङ्गीता भाट
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…