प्रदेश सरकारले बनाउने कानुनहरू दलितमैत्री नै हुन्छः मुख्यमन्त्री राउत
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले बनाउने कानुनहरू दलितमैत्री नै हुने बताएका छन् ।
प्रदेश राजधानी जनकपुरमा पुस १९ गतेदेखि सुरू भएको जातीय भेदभाव तथा छुवाछुतविरूद्धको अधिकारसम्बन्धी प्रादेशिक सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले राज्यको हरेक निकायमा दलित समुदायको सम्मानजनक प्रतिनिधित्वका लागि प्रदेश सरकारले बनाउने हरेक ऐन र कानुन दलितमैत्री हुने बताएका हुन् ।
प्रदेश २ मा दलित समुदायको जनङ्ंख्या १८ प्रतिशत रहेपनि राज्यका निकायहरूमा सम्मानजनक प्रतिनिधित्व हुन नसकेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले बनाउने हरेक कानुनमा दलितको सहभागिता जनसङ्ख्या अनुकुल हुने आश्वासन दिए ।
उनले दलित समुदायले अधिकार नपाएरसम्म मुलुकको विकास र सम्बृद्धि सम्भव नभएकोले दलितको अधिकार सुनिश्चित हुनुपर्ने बताए ।
मुलुकको परिवर्तनमा दलितको भूमिका महत्वपुर्ण रहेको चर्चा गर्दै मुख्यमन्त्री राउतले भने–‘हरेक परिवर्तनमा दलित समुदायको भूमिका छ । तर, अझै ति समुदायले अधिकार प्राप्त गर्न सकेको छैन् ।’
समाजमा रहेका छुवाछुत, भेदभाव र समाजिक अपराध शिक्षाले मात्र सुधार हुने भएकोले प्रदेश सरकारले दलित समुदायलाई शिक्षामा विशेष कार्यक्रम सञ्चालन गर्न लागेकोे बताउँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले दलित सशक्तिकरण ऐन प्रदेश सभामा पेश गर्ने तयारीमा रहेको जानकारी दिए ।
राज्य इमान्दार नभएकाले राज्यका संयन्त्रहरू इमान्दार हुन नसकेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले राज्य संयन्त्र इमान्दार नभएकाले बिभेद अन्त्यका लागि बनेका ऐन कानुन प्रभाबकारी रूपमा कार्यान्वयन हुन नसकेको बताए ।
सो कार्यक्रममा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले समानताको अधिकार प्राप्तिका लागि दलित समुदायहरू एकजुट हुनुपर्ने बताए । उनले प्रदेश सरकारले बनाउन लागेको दलित सशक्तिकरण विधेयकले विभेद अन्त्यका लागि महत्वपुर्ण कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले मुलुककै सबैभन्दा बढी दलितको जनसङ्ख्या रहेको प्रदेश २ मा विभेद अन्त्यका लागि गर्न सकिने कार्यहरूको विषयमा छलफल गर्न कार्यक्रमको आयोजना गरिएको बताए ।
राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय दलित आयोग र दलित गैर सरकारी संस्था महासङ्घले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा प्रदेश २ अन्तर्गतका ८ ओटै जिल्लाका नगरपालिका र गाउँपालिकाका अध्यक्षहरू, दलित अगुवा, सङ्घ संस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको छ ।
अजयकुमार साह
सम्बन्धित समाचारहरू
निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा सात जना गिरफ्तार
बानेश्वरस्थित निषेधित क्षेत्र तोकिएको संसद भवन अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले असोज ४ गते सात जनालाई गिरफ्तार गरेको छ । प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर लोकेन्द्र सिंह गुरुका अनुसार गिरफ्तार पर्नेमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय एक युवकलाई असोज २ गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित…
जिल्ला अस्पतालमै छैन निःशुल्क वितरण गर्नुपर्ने ९२ प्रकारका औषधि
जिल्ला सदरमुकाममा रहेको जिल्लास्तरीय बेनी अस्पतालमा निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधिाको सहज आपुर्ति नहुँदा सेवाग्राही बिरामी समस्यामा परेका छन् । बेनी अस्पतालको हाताभित्र रहेको अस्पतालले सञ्चालन गरेको निःशुल्क औषधि वितरण…
बर्दिया अस्पतालमा एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती
बर्दिया अस्पतालमा जनशक्ति अभावले अक्सिजन सहितको उच्चस्तरीय एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती भएको छ । करिब साढे दुई करोडको लगानीमा बनेको एचडीयु र आइसीयु सेवा जनशक्ति…
इन्सेकको पहलमा अस्पतालमा रहेका बिरामीलाई स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा जिल्ला अस्पतालमा रहेका बिरामीहरूलाई स्वास्थ्य तथा सरसफाइका सामग्री सहयोग गरिएको छ । इन्सेकको पहलमा जिल्ला अस्पतालको इमर्जेन्सी वार्डमा उपचाररत ११ जना बिरामीलाई ०८१…