प्रदेश मन्त्रीद्वारा आचारसंहिता उल्लंङघन गर्दै घोषणा सभामा उपस्थित

  ०७९ वैशाख १६ गते

गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विकले निर्वाचन आचारसंहिताको उल्लंघन गर्नुभएको छ ।

मन्त्री विकले ०७९ वैशाख १६ गते नेपाली कांग्रेस व्यास नगर समितिले दमौलीमा आयोजना गरेको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा उपस्थिती भइ निर्वाचन आचारसंहिताको उल्लंघन गर्नुभएको छ ।

संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै पनि दलको चुनावी कार्यक्रममा भाग लिन नपाइने भनी निर्वाचन आचारसंहितामा उल्लेख भएपनि मन्त्री विकले सो व्यवस्थाको उल्लंङघन गर्नुभएको हो ।

जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले मन्त्रीले दलको चुनावी कार्यक्रममा भाग लिनु निर्वाचन आचारसंहिता विपरित भएको बताउनुभयो ।

यसबारेमा मन्त्री विकले आफु योजना छनौटको लागि नेपाली कांग्रेसको पार्टी कार्यालयमा जांदा त्यहां कार्यक्रम भइरहेको र आफुफाई आसनग्रहणमा बोलाएको कारण कार्यक्रममा गएको बताउनुभयो । निर्वाचन आचारसंहिता प्रति आफू पुर्णरुपमा प्रतिबद्ध रहेको भन्दै आयन्दा दिनमा आचारसंहिताको पुर्ण पालना गर्ने बताउनुभयो ।

Photo20220429Tanahun


प्रकाशचन्द्र भट्टराई