प्रदेश प्रमुखलाई नेपाल मानव अधिकार वर्ष पुस्तक हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डा. कुन्दन अर्यालले मधेस प्रदेश प्रमुख माननीय हरिशन्चन्द्र मिश्रलाई २०८० जेठ २२ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ हस्तान्तरण गर्नु भएको छ ।
वर्ष पुस्तक हस्तान्तरण गर्दै अध्यक्ष अर्यालले मधेस प्रदेशका सामाजिक र साँस्कृतिक सवालहरूलाई समाधानका लागि प्रदेश सरकारसँग इन्सेकको साझेदारी र समन्वय सदैव रहिरहने बताउनु भयो ।
उहाँले मधेश प्रदेशमा मानव अधिकारका सवालहरूलाई संवोधनका लागि इन्सेकले थप जिम्मेवारीका साथ कार्यहरू गर्न तयार रहेको र यसमा प्रदेश सरकारको सहकार्य र सुझाव आवश्यक रहेको बताउनु भयो ।
मधेस प्रदेश प्रमुख मिश्रले प्रविधिको गलत प्रयोगका कारण सिर्जित सामाजिक समस्याहरूले समाजमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको संख्यामा वृद्धि भएका कारण इन्सेकले यस्ता खालका समस्याहरूको उजागर गर्दै नागरिक सचेतनामा वृद्धि गर्नु पर्ने सुझाव व्यक्त गर्नु भयो ।
इन्सेकका सुचना अधिकारी कृष्ण गौतमले मानव अधिकारको संरक्षण र संवर्द्धनका लागि इन्सेकले नेपाल भरिका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूलाई अभिलेख, मानव अधिकारको अवस्था विश्लेषण र सामाजिक न्यायको स्थापनार्थ कार्य गर्दै आएको बताउनु भयो ।
इन्सेक मधेश प्रदेश कार्यालय संयोजक राजु पासवानले मानव अधिकार शिक्षा कार्यक्रम, पीडितलाई न्यायीक प्रक्रियामा सहयोग, आर्थिक सहायता प्रदान र विभिन्न जनचेतनामूलक अभियानमार्फत इन्सेक मधेस प्रदेशमा सक्रिय रहेर कार्य गर्दै आएको बताउनु भयो ।
मधेस प्रदेश कार्यालय
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…