प्रदेश नम्बर ७ मा उत्साहका साथ उम्मेदवारी दर्ता सम्पन्न
दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत असार ४ गते उम्मेदवारी दर्ताको काम सम्पन्न भएको छ ।
इन्सेक डडेल्धुरा जिल्ला प्रतिनिधि भुपेन्द्र विष्टका अनुसार सात ओटै स्थानीय तहमा उत्साहका साथ उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
इन्सेक कञ्चनपुर जिल्ला प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार कञ्चनपुर जिल्लाका सबै स्थानीय तहमा शान्तिपूर्ण वातावरणमा उम्मेदवारी मनोनयन दर्ताको काम भएको छ ।
कञ्चनपुर जिल्लामा सात ओटा नगरपालिका र दुई ओटा गाउँपालिका गरी नौ ओटा स्थानीय तह रहेका छन् । सबै स्थानीय तहमा २ लाख ३५ हजार ७ सय ३५ मतदाता रहेका छन् ।
इन्सेक अछाम जिल्ला प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार अछाम जिल्लाका १० ओटै स्थानीय तहमा दलहरूले बाजागाजासहित उल्लासमय तरिकाले मनोनयन पत्र दर्ता गरेका छन् । चार नगरपालिका र ६ गाउँपालिकाका प्रमुख तथा उपप्रमुख र ९१ वडामा मनोनयन दर्ता गरिएको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयहरूले जानकारी दिएका छन् ।
जिल्लामा कुनै अप्रिय घटना नभएकोले शान्तिपूर्ण रूपमा मनोनयन दर्ता कार्य भएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए । अछामका ४७ मतदान केन्द्र अति सम्वेदनशील, ६६ ओटा सम्वेदनशील र १६ ओटा सामान्य मतदान केन्द्रका रूपमा सुरक्षा विश्लेषण गरिएको छ ।
अछाम जिल्लामा २० जना प्रमुख तथा उपप्रमुख र ९१ वडामा ४ सय ५५ जनप्रतिनिधि निर्वाचित हुनेछन् । यस्तै दलित महिला र खुल्ला महिलामा ९१/९१ जना निर्वाचित हुनेछन् । अछाममा १ लाख २७ हजार ७ सय ४२ मतदाता रहेकोमा १ सय ८५ मतदान केन्द्र रहेका छन् ।
निर्वाचनपछि हुने प्रत्येक नगर सभाले तीन जना र गाउँ सभाले दर्ुइ जना अल्पसङ्ख्यक, अपाङ्गता भएका, सीमान्तकृत समुदाय मध्येबाट जनप्रतिनिधिहरू चुन्नुपर्ने व्यवस्था रहेको छ । अछाममा १ लाख २७ हजार ७ सय ४२ मतदाताले १ सय २९ मतदानस्थलमा मतदान गर्नेछन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…