प्रदेश नम्बर ४ का ६ जिल्लाहरूमा शान्तिपुर्ण रूपमा मतदान सुरू (अपडेट ३:३० बजे)
(अपडेट ३:३० बजे)
गोरखा जिल्ला प्रतिनिधिका अनुसार जिल्लामा अहिले सम्म ४५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । चुम नुब्री गाउँपालिका र धार्चे गाउँपालिकामा भने ७० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत नारायण सापकोटाले जानकारी दिए ।
मनाङ जिल्लामा अहिलेसम्म ६७.३ प्रतिशत मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत दिपक ढकालले ५ हजार ८ सय ८१ मतदाता रहेको जिल्लामा दिउँसो १ः३० बजेसम्म ३ हजार ९ सय ५८ जना मतदाताले मतदान गरिसकेको जानकारी दिए ।
मुस्ताङ जिल्लामा अहिलेसम्म ६२ प्रतिशत मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले अहिलेसम्म ६८ प्रतिशत मत खस्ने अनुमान गरिएको जिल्लामा अहिलेसम्म शान्तिपुर्ण रूपमा मतदान भइरहेको जानकारी दिए ।
म्याग्दी जिल्ला प्रतिनिधि अमृत बास्कुनेका अनुसार प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अन्तर्गत पहिलो चरणमा भएको म्याग्दी जिल्लाको निर्वाचनमा अहिलेसम्म करिब ५५ प्रतिशत मत खसेकेा जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख केदार पौडेलले अहिले सम्म जिल्लामा शान्तिपुर्ण तवरले मतदान भइरहेको बताए । म्याग्दी जिल्लामा ७५ हजार ५ सय ३८ मतदाता रहेका छन् भने १ सय ६ मतदान केन्द्र रहेका छन् ।
बाग्लुङ जिल्ला प्रतिनिधिका सिर्जना पन्तका अनुसार जिल्लामा अहिलेसम्म ४५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा अहिले सम्मको मतदानको अवस्था शान्तिपुर्ण रूपमा चलिरहेको छ ।
लमजुङ जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार जिल्लामा अहिलेसम्म ३५ प्रतिशत मत खसेको जिल्लाका मुख्य निवाचन अधिकृत कोमल प्रसाद आचार्यले जानकारी दिए । हालसम्म जिल्लाको अवस्था शान्तिपुर्ण रहेको छ ।
(अपडेट १०:३० बजे)
गोरखा जिल्ला प्रतिनिधि हरिराम उप्रेतीका अनुसार बिहान सात बजेदेखि नै शान्तिपुर्ण रूपमा मतदान कार्य सुरू भएको छ ।
मतदान अधिकृत निर्माण घिमिरेका अनुसार राजनीतिक दलका प्रतिनिधि नआएका कारण गोरखाको चुम नुब्री गाउँपालिका-२ स्थित ल्हो आधारभुत प्राथमिक विद्यालय मतदान केन्द्रमा करिब एक घण्टा ढिलो गरी मतदान कार्य सुरू भएको थियो ।
त्यसैगरी मङ्सिर १० गते नै गोरखा नपा-११ सिर्दि खोला नजिकै मतदातालाई आतङ्कित पार्ने उद्देश्यले ढुटो, युरिया मल र सलाइको बट्टा पोको पारेर राखेको भेटिएपछि जिल्ला प्रहरी कार्यालय गोरखाले त्यसलाई निश्तेज पारेको जिल्ला प्रहरी कार्यालय गोखराले जनाएको छ ।
यस्तै गण्डकी गाउँपालिका-४ फुजेल स्थित कालिका आधारभुत विद्यालय मतदान केन्द्र नजिकै बम विष्फोट भएको छ । मतदान अधिकृत नारायणबावु अर्यालका अुनसार बिहान भएको विष्फोटले मतदानमा भने प्रभाव परेको छैन ।
बाग्लुङ जिल्ला प्रतिनिधि सिर्जना पन्तका अनुसार जिल्लामा पनि शान्तिपुर्ण रूपमा मतदान कार्य भइरहेको छ । चिसोका कारण बिहानीपख मतदाता न्यून सङ्ख्यामा मतदानस्थलमा पुगेका थिए । बडीगाड गाउँपालिककाको डाँडागाउँमा बिहान आठ बजेतिर मतदानस्थल नजिकै सुतली बम फेला परेपछि नेपाली सेनाको टोलीले निष्कृय पारेको जिल्ला प्रहरी कार्यलयका एसपी हिमालय प्रकाश श्रेष्ठले जानकारी दिए ।
म्याग्दी जिल्ला प्रतिनिधि अमृत बास्कुनेका अनुसार हालसम्म शान्तिपुर्ण रूपमा मतदान प्रक्रिया चलिरहेको छ । बिहान सात बजेबाट सुरू भएको मतदानमा मतदाताको उत्साहजनक सहभागिता छ ।
लमजुङ जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार कोलासोथर गाउँपालिका सिङ्दीस्थित अन्नपुर्ण मतदान केन्द्रमा बिहान केहीबेर मतदाताबिच विवाद हुँदा अवरूद्ध भएको मतदान कार्य पुनः सुरू भएको छ । अहिलेसम्म शान्तिपुर्ण रूपमा मतदान प्रक्रिया चलिरहेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।
मनाङ जिल्लामा अहिलेसम्म शान्तिपुर्ण रूपमा मतदान कार्य भइरहेको छ । जिल्लामा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिहरूलाई मतदानमा विशेष प्राथमिता दिइएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । जिल्ला निर्वाचन कार्यलय मुस्ताङले हालसम्म शान्तिपुर्ण रूपमा मतदान प्रक्रिया चलिरहेको जनाएको छ ।
इन्सेक क्षेत्रीय कार्यालय, पोखरा
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…
बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार
अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया बालिका आरती भट्टराईलाई ०८१ असोज २५ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५८ वर्षीय टेक भण्डारीलाई असोज २६ गते गिरफ्तार गरेको छ…
भिडियो एक्सरे मेसिन नबनाउँदा बिरामीलाई सास्ती
जिल्ला अस्पताल तेहृथुममा भिडियो एक्सरे मेसिन बिग्रिएको र मर्मत सम्भार नगरिँदा बिरामी तथा सेवाग्राहीहरूले सास्ती खेप्नु परेको छ । अस्पताल प्रशासनले एक्सरे मेशिन बिग्रिएको र दशैँमा मर्मत नहुुने भन्दै सार्वजनिक…
इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २६ गते जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीहरूले परिवारजनसँग भेटघाट गरी टीका लगाउने र खानपिन गर्न पाउने प्रबन्ध गरको…