प्रदेश नं २ का स्थानीय तहको निर्वाचन कार्यक्रम सार्वजनिक

निर्वाचन आयोगले प्रदेश नं २ अन्तर्गतका आठ जिल्लामा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत गरेको राससले जनाएको छ ।

आयोगको बैठकले ती आठ जिल्लाका १ सय २७ स्थानीय तहमा असोज २ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने निर्वाचन कार्यक्रम स्वीकृत गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

असार १ गते मन्त्रिपरिषद्को बैठकले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन असोज २ गते गर्ने निर्णय गरेको थियो ।

तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि आगामी भदौ २१ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको प्रवक्ता शर्माले बताए । निर्वाचन कार्यक्रमअनुसार भदौ २४ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

आयोगले निर्वाचन सञ्चालन गर्ने सम्बन्धमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्तिलगायत आवश्यक तयारीका कार्य भइरहेको जनाएको छ ।


अनलाइन डेस्क