प्रदेशलाई बाल मैत्री बनाउन माग गर्दै गण्डकी प्रदेशका सभामुखलाई ध्यानाकर्षण
प्रदेशलाई बाल मैत्री बनाउन माग गर्दै गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताललाई ०८० पुस ९ गते ध्यानाकर्षण पत्र बुझाइएको छ ।
बालअधिकारका लागि अभियानरत संस्थाहरुको सञ्जाल इन्सेक, युवालयका, कन्सोर्टियम नेपाल, बालिका दुलही होइनन् नेपाल, एनएसिजी नेपाल लगायतले सभामुख धिताललाई प्रदेश सभामा भेटेर प्रदेशलाई बाल मैत्री प्रदेशको रुपमा अगाडि बढाउन माग गर्दै सात बुँदे ध्यानकर्षण पत्र बुझाइएको हो ।
बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनिति तथा कार्यान्वयन कार्यविधि २०७४ लाई बालमैत्री स्थानीय शासनका लागि सहजीकरण गर्न सहयोग गरिरहेका संस्थासँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने पत्रमा उल्लेख गरिएको छ ।
गण्डकी प्रदेश सरकारका अब बन्ने संरचना तथा भौतिक पूर्वाधारहरू बालमैत्री, बालबालिकाको लागि सुरक्षित र अपाङ्गमैत्री हुने कुरा सुनिश्चित गर्नुपर्ने, यस्तै सबै स्थानीय तहको नीतिनिर्माण तथा योजना तर्जुमा गर्न बालबालिकाको संस्थागत (बाल क्लव वा संजाल मार्फत) बाल सहभागितालाई अनिवार्य गर्नुपर्ने माग गरेका छन्, सबै तहको नीति निर्माण तथा योजना तर्जुमामा बालबालिकाको आवाज सुनुवाई भई कार्यान्वयनमा आउने अनिवार्य व्यवस्था गर्नुपर्ने र नेपाल सरकारको आफ्नै तथा दिगो विकास लक्ष्यले पनि परिकल्पना गरेको सन् २०३० सम्ममा नेपालमा बालविवाह अन्त्यको लक्ष्य प्राप्तिका लागि छिटो भन्दा छिटो आवश्यक पहलकदमी गर्नुपर्छ,’ ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ ।
घरेलु श्रमिकहरु थुप्रै प्रकारका हिंसा तथा दुव्र्यवहारको सिकार भएकाहरुको तथ्यांक संकलन गर्न स्थानीय सरकार तथा प्रदेश सरकारले आवश्यक संयन्त्र बनाउनुपर्ने पत्रमा उल्लेख गरिएको छ ।
सभामुख धितालले बालबालिका माथिका हिंसाका घटना बढेकाले यसलाई रोक्न सरकारसँग आग्रह गर्ने बताउनुभयो । उहाँले यस्ता हिंसा रोक्न जोड दिनको लागि सरकार जिम्मेवार बन्ने बताउनुभयो ।
सन्जय रानाभाट
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…