प्रदेशमै मुकाम स्थापना गरी मुद्दाको छानबिन गर्छौः सुवेदी
सत्यनिरूपण तथा मेलमिलाप आयोगका सदस्य श्रीकृष्ण सुवेदीले प्रदेशस्तरमै मुकाम स्थापना गरी द्वन्द्वकालीन मुद्दाको छानबिन गर्ने बताएका छन् ।
पाँच नम्बर प्रदेशस्तरीय मुकाम स्थापनाको तयारीका लागि दाङ आएका आयोग सदस्य सुवेदीले पुस २७ गते द्वन्द्वपीडित, राजनीतिक दल, नागरिक समाज र सरकारी अधिकृतहरूसँग छुट्टाछुट्टै छलफल गर्दै मुकाम स्थापना गरी तत्काल द्वन्द्वकालीन मुद्दाको छानबिन गरिने बताए ।
उनले मृतक परिवारलाई दिने परिपूरणको तयारी, उजुरीमाथिको छानबिन, मुद्दालाई लिपीबद्ध गराउन र सेवा सुविधा सहितको परिचय पत्र दिलाउने जस्ता कार्यहरूलाई अगाडि बढाइसकिएको समेत जानकारी दिए ।
दाङको तुल्सीपुरमा मुकाम स्थापना गर्ने तयारी भइरहेको जानकारी दिँदै सुवेदीले छानबिनका लागि उच्चअदालत सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ताको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाउन लागेको समेत जानकारी दिए । समितिका सदस्यहरूमा एकजना उच्च अदालत बार र अनुसन्धानमा अनुभव रहेका एकजनालाई समेटिने सुवेदीले जानकारी दिए ।
जे.एन.सागर
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…
घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ डुंगहवा माइती घरमा बस्दै आएकी २८ वर्षीया बिनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार समूहका अध्यक्षलगायतका समूहका पदाधिकारीहरूको…
स्थानीय तहमा इजलास अभावले न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाई भएको छ । नेपालको संविधान अनुसूचि ८…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कार्यालय मल्लरानी गाउँपालिका — ४ का २४ वर्षीय अनिल नेपालीलाई चैत ९ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपपितद्वय अनिल नेपाली र…
शहिद परिवारको गुनासो : सरकारले गरेको प्रतिबद्धता पुरा गरेन
मन्त्री परिषद्को ०७९ फागुन १५ गतेको निर्णयले राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिर्वतनको लागि भएको सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा ज्यान गुमाएकाहरूलाई शहिद घोषणा गरेको छ । कोशी प्रदेशमा ताप्लेजुङका…