प्रदुषण सम्बन्धी मुद्दामा उच्च अदालतको परमादेश जारी
वातावरण प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराइको ०८१ माघ ८ गतेको एकल इजलासले विपक्षीलाई फागुन मसान्तभित्र उपयुक्त स्थान खोजी अस्फाल्ट उद्योग सार्न परमादेश जारी गरेको उच्च अदालत सुर्खेतका प्रवक्ता प्रेमप्रकाश थापाले जानकारी दिनुभयो ।
वीरेन्द्रनगर नगरपालिका–६, बसपार्क छेउमा विगत दुई वर्षदेखि खड्का निर्माण सेवाले अस्फाल्ट उद्योगबाट विभिन्न कच्चा पदार्थहरू पकाएर सडक कालोपत्रेका लागि अलकत्रा बनाउँदा त्यसबाट दैनिक निस्किने धुवाँले वीरेन्द्रनगरलाई नै प्रदुषित बनाएको भन्दै इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदी, अधिवक्ता प्रकाश बाबु ऐडी र सामाजिक अभियन्ता नवराज बोहराले उक्त उद्योग विरुद्ध अन्तरिम आदेशसहितको आदेश जारी हुनुपर्ने मागसहित ०८१ कात्तिक ११ गते उच्च अदालत सुर्खेतमा रिट दर्ता गरेका थिए ।
वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, सुर्खेत उपत्यका नगर विकास समिति, जिल्ला प्रशासन कार्यालय, वीरेन्द्रनगर नगरपालिका ६ नम्बर वडा कार्यालय र खड्का निर्माण सेवा बाँकेलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गरिएको थियो । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोख्रेलको ०८१ कात्तिक १२ गतेको एकल इजलासले विपक्षीका नाम १५ दिनभित्र कारण देखाउ आदेश जारी गरेको थियो ।
जगतदल जनाला विक
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपितहरू गिरफ्तार
कलैया उपमहानगरपालिक-१ बैंक रोड स्थित नव जन्म सुधार केन्द्रमा रहेका कलैया उपमहानगरपालिक-९ का ३२ वर्षीय धिरेन्द्र मण्डल भनिने प्रदिप मण्डलको हत्या गरेको आरोपमा प्रहरीले सुधार केन्द्रका सञ्चालक सहित १० जनालाई…
हत्या घटनाका आरोपित पति गिरफ्तार
शम्भुनाथ नगरपालिका-२ की २२ वर्षीया गायत्रीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले उनका पति २६ वर्षीय सन्तोष साहलाई ०८१ फागुन १ गते गिरफ्तार गरेको छ । हत्या गरी फरार रहेका आरोपितलाई…
प्रदेश खाद्य परिषद् गठनको माग गर्दै कृषि मन्त्रीलाई ज्ञापन पत्र
कर्णाली प्रदेशमा खाद्य परिषद् गठनको माग गर्दै नागरिक समाज संस्थाहरुले फागुन ०१ गते गते कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहलाई ज्ञापन पत्र बुझाएका छन् ।…
गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड
रोहिणी गाउँपालिका–३, लक्ष्मीनगरस्थित घरभइ रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा फागुन १ गते राति तोडफोड भएको छ । अपरिचित व्यक्तिले फागुन १ गते राति घरमा पार्किङ गरेर राखेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका–४, जुम्लेकुलाका २२ वर्षीय चन्द्रप्रसाद नाथलाई प्रहरीले फागुन १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितलाे माघ ३० गते बलात्कार गरेको भन्दै…