प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच झडप; चार विद्यार्थी सहित ६ जना घाइते
बिन्दबासिनी गाउँपालिकामा विद्यार्थीहरू ०८० असोज २१ गते प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा विद्यार्थी र प्रहरीबीच झडप हुँदा चार जना विद्यार्थी सहित ६ जना घाइते भएका छन् ।
गाउँपालिकाद्वार गरिएको शिक्षक सरुवा बदर हुनु पर्ने, नियमित कक्षा सञ्चाल हुनु पर्ने, विद्यालयमा विज्ञान प्रयोगशालाको व्यवस्था हुनुपर्ने, दिवा खाजा सञ्चालन हुनुपर्ने, छात्रवृत्ति वितरण हुनुपर्ने, विषयगत शिक्षकको व्यवस्था हुनुपर्ने लगायतका माग राख्दै बिन्दबासिनी गाउँपालिका–२ गर्दौलका नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र श्री राधाकृष्ण चौरसिया माध्यमिक विद्यालय बहुअर्वा भाठ्ठाका विद्यार्थीहरू प्रदर्शन गर्नुको साथै ढुङ्गामुढा समेत गरेका छन् ।
प्रदर्शनको क्रममा प्रहरीको लठ्ठी प्रहारबाट चार जना विद्यार्थीहरू घाइते भएका छन् । घाइते हुनेहरूमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा नौमा अध्ययनरत १६ वर्षीय खेमबहादुर गोढ, १५ वर्षीय अनुराग यादव, १६ वर्षीय विशाल यादव र कक्षा आठमा अध्ययनरत १५ वर्षीय कृष्ण मुखिया छन् । तीमध्ये खेम र कृष्णको टाउको फुटेको छ भने अनुराग र विशालको हातमा चोट लागेको विद्यार्थीहरूको आरोप रहेको छ ।
त्यस्तै विद्यार्थीहरूको ढुङ्गामुढाबाट गाउँपालिकाका कार्यालय सहयोगीहरू भोला यादव र सुमित यादव घाइते भएका छन् । घाइतेहरू सबैकाे स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ ।
विद्यार्थीहरूले गाउँपालिकाको कार्यालय अगाडि सडक जाम हुने गरी प्रदर्शन गरेपछि जाम खुलाउन समान्य बल प्रयोग गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका इन्सपेक्टर मोहनबिक्रम थापाले बताउनु भयो । साथै प्रहरीको लठ्ठीबाट विद्यार्थीहरूको टाउको नफुटेको दाबी गर्दै उहाँले भाग्ने क्रममा लडेर केही विद्यार्थीहरूलाई समान्य चोटपटक मात्र लागेको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले “सरुवा भएका शिक्षकहरूको उसकाहटमा विद्यार्थीहरू प्रदर्शनमा उत्रेको” बताउनु हुँदै “उनीहरूलाई बोलाएर समझाउँदा बुझाउँदा समस्या समाधान भएको” बताउनु भयो । साथै विद्यार्थीहरूले राखेका मागहरू तुरुन्तै सम्बोधन हुने प्रतिवद्धता समेत उहाँले जनाउनु भयो ।
शम्भुकुमार सुमन
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…
भेडामा रोग फैलिएर औषधि उपचार नपाउँदा किसान मर्कामा !
तिला गाउँपालिका–५, ढिम्कोट गाउँमा पशुचौपाय भेडामा अज्ञात रोग फैलिएर औषधि उपचार नपाउँदा यहाँका स्थानीय किसान मर्कामा परेका छन् । अज्ञात रोग फैलिएपछि २५ ओटा भेडा मरेका छन् । कुन रोगले…
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा इन्सेक प्रतिनिधि सम्मानित
सिन्धुपाल्चोक जिल्लामा मानव अधिकारको पक्षमा तथा समाजमा रहेका हरेक प्रकारका विभेद र हिंसा अन्त्यका लागि सक्रिय भूमिका निर्वाह गरेको भन्दै चौतारा सागाचोकगढी नगरपालिकाले मङ्सिर १८ गते ३३ औँ अन्तराष्ट्रिय अपाङ्गता…