प्रदर्शनकारीद्वारा भारतीय नम्बरका सवारीसाधनहरू तोडफोड

भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीहरूले चलाएको गोली लागेर फागुन २६ गते मृत्यु भएका पुर्नवास नपा-५ का २५ वर्षीय गोविन्द गौतमलाई शहीद घोषणा, दोषीहरूलाई कारबाहीलगायतका माग गर्दे सत्तारुढ एकीकृत नेकपा माओवादी केन्द्रले आह्वान गरेको बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ  ।

Photo20170310Kanchanpur

आन्दोलनकारीहरूले बन्दको अवज्ञा गरेको भन्दै फागुन २७ गते जिल्ला प्राविधिक कार्यालय परिसरमा प्रवेश गरी कार्यालयमा रहेका कुर्सी टेवुललाई बाहिर निकालेर तोडफोड गरेका थिए ।  यसैगरी आन्दोलनकारीले फागुन २६ गते राति प्रदर्शन गर्दै महेन्द्रनगरमा होटेल ओपेराको सिसा, भारतीय नम्बर भएको एउटा कार र तीन वटा मोटरसाइकलमामा आगजनी गरेका थिए । बन्दका कारण कञ्चनपुर जिल्लाका शिक्षण संस्थाहरू, पसलहरू, उद्योग, सार्वजनिक यातायातका सवारीसाधनहरू र वित्तिय संस्थाहरू बन्द रहेका छन । कञ्चनपुर बन्दका कारण सर्वसाधारणको जनजीवन प्रभावित भएको छ ।

Photo20170310Kanchanpur1

भारतीय सिमा सुरक्षा वलको टोलीले पुर्नवास नपा-८ आनन्दबजार नजिकै रहेको कल्भर्ट तोडने क्रममा भएको झडपमा भारतीय सिमा सुरक्षा वलले चलाएको गोली लागेर फागुन २६ गते गोविन्द गौतमको मृत्यु भएको थियो ।


कोमलनिरन्जन भाट