प्रथामिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा उपचारमा समस्या
मल्लरानी गाँउपालिका – ४ स्थित प्रथामिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा बिरामीहरूलाई उपचारमा समस्या भएको छ ।
एकजना डाक्टरको दरबन्दी रहेको प्रथामिक स्वास्थ्य केन्द्रमा गत वैशाखदेखि डाक्टर नहुँदा बिरामीहरूको उपचारमा समस्या परेको समाजसेवी मनोजकुमार श्रेष्ठले बताउनु भयो ।
सामान्य ज्वरो आउदा पनि डाक्टर नहुँदा जिल्ला अस्पताल बिजुवार पुगेर उपचार गराउनु पर्ने बाधयता रहेको मल्लरानी गाँउपालिका – ४ का सेवाग्राही ४० वर्षीय रामचन्द्र केसीले बताउनु भयो ।
एकजना डाक्टरको दरवन्दी रहेकोमा कार्यरत डाक्टर पाँच महिना अघि अध्ययनको लागि कार्यालयबाट गएपछि डाक्टर पठाउन सम्बन्धित निकायमा पत्राचार गरेको र डाक्टर ल्याउने प्रयास भइरहेको मल्लरानी गाउँपालिका स्वास्थ्य संयोजक पारस शाहीले बताउनु भयो ।
डाक्टर नहुनु र बिरामीहरूको चाप बढी भएकोले उपचारमा समस्या भएको स्वास्थ्य केन्द्रका निमित्त इन्चार्ज केशव श्रेष्ठले बताउनु भयो ।
लामो समयसम्म डाक्टर नभएको विषयमा आफूहरू गम्भीर भएको र डाक्टर ल्याउनका लागि प्रदेश र संघीय सरकार अन्र्तगतका निकायमा पहल गरिरहेको गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्काले बताउनु भयो ।
रविन्द्र पाण्डे
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…