प्रतिबन्धित नेकपाका जिल्ला सेक्रेटरी गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका ताप्लेजुङ सेक्रेटरी पाथीभरा वाङ्वरक गाँउपालिका–२ का ४२ वर्षीय किशोर मेन्याङ्बोलाई प्रहरीले भदौ २७ गते गिरफ्तार गरेको छ ।

जिल्ला सेक्रेटरी मेन्याङ्बोलाई फक्ताङ्गलुङ गाउँपालिका–३ लिङ्खिमस्थित सिँवाबाट गिरफ्तार गरिएको डीएसपी महेन्द्र श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

मेन्याङ्बोमाथि फुङलिङ नगरपालिका–४ स्थित भानुजन माध्यमिक विद्यालयमा बम विस्फोट गराएको आरोप छ । सोही मुद्दामा जिल्ला अदालतले ०७७ भदौ २८ गते तोकेको २० हजार रुपियाँ धरौटी नबुझाएपछि पुर्पक्षका लागि थुनामा राखिएको डीएसपी श्रेष्ठले बताउनु भयो ।

मेन्याङ्बोलाईको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ २७ गते गरिएको छ ।


देवराज गुरुङ