प्रतिबन्धित पार्टीका जिल्ला सदस्य इन्सेकको रोहवरमा छुटे

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य नेत्र आङवुहाङलाई जिल्ला प्रशासन कार्यालयले इन्सेक प्रतिनिधिको रोहवरमा वैशाख २ गते छोडिदिएको छ ।

आठराई त्रिवेणी गाउँपालिका–३ का ५० वर्षीय आङबुहाङलाई इन्सेक प्रतिनिधि देवराज गुरुङको रोहवरमा छाडिएको हो ।

डेढ वर्षयता पार्टीको कुनै काम नगरेको तथा अब उप्रान्त उक्त पार्टीमा संलग्न नहुने प्रेस विज्ञप्ति जिल्ला प्रशासन कार्यालयमा वैशाख २ गते बुझाएपछि आङबुहाङलाई छाडिएको हो ।

प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले भने–‘पार्टीको जिम्मेवार पदमा रहेको पायाँै । तथापि स्वतन्त्र तरिकाले घरायसी जीवन निर्वाह गर्ने भनेपछि इन्सेकको रोहवरमा छाडेका हौँ ।’

स्वतन्त्र तरिकाले दैनिक जीवनयापनमा व्यस्त भएकाले अब उप्रान्त कुनै पार्टीमा समेत संलग्न नहुने आङवुहाङले प्रेस विज्ञप्तिमार्फत प्रतिबद्धता समेत जनाएका छन् ।


देवराज गुरुङ