प्रतिबन्धित नेकपाका केन्द्रीय सदस्य अदालत परिसरबाट गिरफ्तार

  ०७७ भदौ १० गते

प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम इञ्चार्ज  कपिलवस्तु शिवराज नगरपालिका– ८ का ६० वर्षीय चन्द्रबहादुर चन्दलाई प्रहरीले भदौ ९ गते जिल्ला अदालत परिसरबाट गिरफ्तार गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश गेहेन्द्रराज पन्तको इजलासले सामान्य तारेखमा रिहा गरे लगत्तै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रदीप लामाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

आरोपितविरू जिल्ला अदालतमा सङ्खुवासभामा हातहतियार तथा खरखजाना मुद्दा विचाराधीन अवस्थामा रहेको प्रहरी अभिलेख रहेकाले गिरफ्तार गरेको इन्स्पेक्टर लामाले बताउनु भयो ।

गिरफ्तारीमा परेका चन्दको भदौ ९ गते जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण भएको छ । गिरफ्तारीमा पर्नु भएका चन्दलाई भदौ ९ गते सङ्खुवासभा पठाइएको प्रहरीले जनाएको छ ।


गणेश विष्ट