प्रतिबन्धित नेकपाका सिन्धुली सेक्रेटरी मकवानपुरबाट गिरफ्तार

नेत्र विक्रम चन्द (विप्लव) समूहका सिन्धुली सेक्रेटरी कपिल वाईवालाई मकवानपुर प्रहरीले मङ्सिर २१ गते हेटौँडामा गिरफ्तार गरेको छ ।

विप्लव समूहका सिन्धुली जिल्ला सेक्रेटरी ३४ वर्षीय शेरबहादुर भन्ने कपिल वाईवालाई मकवानपुर प्रहरीले हेटौँडा उमनपा–८ फायरलाइनबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

तर, मकवानपुर प्रहरी प्रमुख मुकेशकुमार सिंहले भने यसबारे कुनै पनि प्रतिक्रिया दिनुभएन । सिन्धुलीका आगजनीलगायतका घटनामा संलग्न भएको आरोपमा वाईवालाई गिरफ्तार गरिएको जनाइएको छ ।


पुष्पराज अधिकारी