प्रतिबन्धित नेकपाका दुईजना कार्यकर्ता गिरफ्तार
विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका युवा संगठन सल्यानका जिल्ला सदस्य शारदा नपा–१४ का २२ वर्षीय प्रकाश गिरी र बागचौर नपा–३ का १८ वर्षीय गोरख केसीलाइ प्रहरीले भदौ १४ गते गिरफ्तार गरेको छ ।
कुमाख गाउँपालिका–६ स्थित मौलाहाल्ने बजारमा चन्दा असुली गरीरहेको अवस्थामा १५ हजार रूपियाँ र एउटा मोटरसाइकल सहित घटनास्थलबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।
प्रकाश गिरीको साथमा भारतीय १ हजार र नेपाली २३ हजार ३ सय ३० रूपियाँँ फेला परेको र उक्त रकम चन्दा भए नभएको अनुसन्धानपछि मात्र भन्न सकिने डिएसपी खतिवडाको भनाई छ।
आफ्ना कार्यकर्तालाइ बिना कारण गिरफ्तार गरिएको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानले भदौ १५ गते प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ ।
मिना बुढाथोकी
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…