प्रतिबन्धित नेकपाका तीन जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता  दाङ जिल्ला शान्तिनगर गाँउपालिका– २ सुन्दरपुरका ५० वर्षीय इन्द्रबहादुर वली, राप्ती गाँउपालिका–५ सिसनियाका  ४६ वर्षीय यमलाल कटुवाल र तुलसीपुर उपमनपा –१९ का ६५ वर्षीय  रामबहादुर थापालाई प्रहरीले फागुन १ गते सुनवलबाट  गिरफ्तार गरेको छ ।

गिरफ्तार गरिएका उपर अभद्र व्यवहार मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरेन्द्र थापाले बताउनु भयो  ।


नारायण पराजुली