प्रतिबन्धित नेकपाका जिल्ला इन्चार्ज गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज जुगल गाउँपालिका–४ स्थित पाङताङ घर भई हाल भक्तपुर जिल्ला सल्लाघारी बस्ने ३७ वर्षीय प्रयास भनिने गोपाल श्रेष्ठलाई प्रहरीले भदौ ४ गते उनकै कोठाबाट गिरफ्तार गरेको छ ।
मेलम्ची नगरपालिका–१० स्थित शिखरपुरको वडा कार्यालयमा साउन १५ गते राति आगजनी गरेको आरोपमा गिरफ्तार गरिएका श्रेष्ठलाई भदौ ४ गते नै चौतारा ल्याइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताए ।
हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका आरोपित श्रेष्ठलाई इलाका प्रहरी कार्यालय मेलम्चीले मेलम्ची नगरपालिका–१० स्थित शिखरपुर वडा कार्यालयमा आगजनी गरेको र मेलम्ची नगरपालिका–१ भोटेचौर स्थित एनसेल टावरमा विष्फोट गराएको आरोपमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
गिरफ्तारीमा परेका श्रेष्ठले इन्सेक जिल्ला प्रतिनिधि नातिबाबु धितालसँगको भदौ ५ गतको भेटमा आफू पार्टीको गतिबिधिमा निष्क्रिय भएको कारणले पार्टीले कारबाही गरेर निष्काशन गरेपछि आफूले हिंसात्मक गतिविधि त्यागेर सामान्य जीवन बिताइरहेको बेला प्रहरीले घर घेराउ गरी आफूलाई गिरफ्तार गरेकोले न्यायालयबाट आफूले न्याय पाउने अपेक्षा गरेको बताए ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
रास्वपाका कार्यकर्ताद्वारा पत्रकार कुटपिट : पत्रकार सम्बद्ध संस्थाद्वारा विरोध
रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध, सम्पत्ति शुद्धिकरण लगायतका आरोपमा भइरहेको अनुसन्धानको विरोधमा उत्रिएका रास्वपाका कार्यकर्ताले समाचार सङ्कलन गर्न पुगेका नेपाल पत्रकार महासङ्घका सदस्य तथा…
अदालत परिसरबाट एक बन्दी फरार, खोजी कार्य जारी
नुवाकोट जिल्ला ककनी गाउँपालिका–६ का ३६ वर्षीय बुद्धि भनिने अमरबहादुर लामा दिउँसो साढे १२ बजेतिर कारागारबाट भागेको कारागार प्रशासनले जनाएको छ । लामा रसुवा जिल्ला अदालतमा तारेख लिन जाने क्रममा…
एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा लैङ्गिक हिंसाका पीडितको सङ्ख्या बढ्दै !
बर्दिया अस्पताल, गुलरियामा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा लैङ्गिक हिंसाका पीडितको सङ्ख्या बढ्दै गएको पाइएको छ । एकद्वार सङ्कट व्यवस्थापन केन्द (ओसिएमसी) बाट बलात्कार, यौन दुर्व्यवहार, शारीरिक यातना,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…