प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

  ०७७ मङ्सिर ३० गते

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य पौवादुङवा गाउँपालिका–३ च्याङग्रेका २१ वर्षीय विकास किराँतीलाई प्रहरीले मङ्सिर २९ गते गिरफ्तार गरेको छ ।

भोजपुर नगरपालिका–८ पोखरेबाट किराँतीलाई सो पार्टीको पर्चा र पम्प्लेट तथा अन्य दस्तावेजसहित गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी कृष्णकुमार चन्दले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

किराँतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर २९ गते गरिएको छ ।


गणेश विष्ट