प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार
प्रतिबन्धित नेकपाका दुईजना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । बाह्रविसे नगरपालिका–३ धार्पा घरभएका प्रतिबन्धित नेकपाको विद्यार्थी सङ्गठनका केन्द्रिय सदस्य २९ वर्षीय मुकुन्द श्रेष्ठ र काभ्रे जिल्ला चौरी देउराली गाउँपालिका ५ घरका प्रतिबन्धित नेकपाका सिन्धुपाल्चोक जिल्ला इन्चार्ज ३५ वर्षीय लेखराज गजमेरलाई ०७६ फागुन ८ गते प्रहरीले चौतारा साँगाचोकगढी नगरपालिका–८ बाट गिरफ्तार गरेको हो ।
उनीहरूलाई इर्खुको चिलाउने गाउँका स्थानिय दलित समुदायको घरमा जवरजस्ती बस्न खोज्दा समुदायले समातेर प्रहरीलाई बुझाएको स्थानियले बताए । गिरफ्तार परेका विप्लव समुहका कार्यकर्ताहरूलाई सार्वजनिक अभद्रब्यवहारको मुद्दामा अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो । उनीहरूकाे स्वास्थ्य परिक्षण चौतारा अस्पतालमा फागुन ९ गते गरियो ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिराहा जिल्ला लाहान नपा-१० स्थायी घर भई चौतारा साँगाचोकगढी नपा-५ स्थित स्वावलम्बन लघुवित्त कार्यालय चौताराका शाखा प्रमुख ४६ वर्षीय दिपक भूजेललाई असोज…
निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा सात जना गिरफ्तार
बानेश्वरस्थित निषेधित क्षेत्र तोकिएको संसद भवन अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले असोज ४ गते सात जनालाई गिरफ्तार गरेको छ । प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर लोकेन्द्र सिंह गुरुका अनुसार गिरफ्तार पर्नेमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय एक युवकलाई असोज २ गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित…
जिल्ला अस्पतालमै छैन निःशुल्क वितरण गर्नुपर्ने ९२ प्रकारका औषधि
जिल्ला सदरमुकाममा रहेको जिल्लास्तरीय बेनी अस्पतालमा निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधिाको सहज आपुर्ति नहुँदा सेवाग्राही बिरामी समस्यामा परेका छन् । बेनी अस्पतालको हाताभित्र रहेको अस्पतालले सञ्चालन गरेको निःशुल्क औषधि वितरण…
बर्दिया अस्पतालमा एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती
बर्दिया अस्पतालमा जनशक्ति अभावले अक्सिजन सहितको उच्चस्तरीय एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती भएको छ । करिब साढे दुई करोडको लगानीमा बनेको एचडीयु र आइसीयु सेवा जनशक्ति…