प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा सामुदायिक बनको काठ कब्जा गरेको घोषणा

  ०७६ माघ १५ गते

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले माघ १४ गते  सितगङ्गा नपा–११ स्थित प्रगतिशिल सामुदायिक बन उपभोक्ता समितिको काठ कब्जा गरेको घोषणा गरेको छन ।

बनको काठ अवैध रुपमा उपभोक्ता समितिका अध्यक्ष र ठेकेदारको मिलेमतोमा बिक्रि बितरण गरेको आरोप लगाउदै  झण्डा गाडेर काठ कब्जामा लिएको घोषणा गरेका हुन् ।

उक्त पार्टीका कार्यकर्ताहरूले  झण्डा गाडेर काठ  कब्जामा लिएको जानकारी प्राप्त भएपनि  उपभोक्ता समितिबाट  औपचारिक सुचना प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयका इन्पेक्टर राम नारायण गुप्ताले बताउनु भयो ।

 


नारायण भुसाल