प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बागलुङ जिल्ला बडीगाड गाउँपालिका–५ का २५ वर्षीय रामबहादुर कुँवरलाई जिल्ला प्रहरी कार्यालय पर्वतले वैशाख २२ गते गिरफ्तार गरेको छ ।

राज्यविरुद्ध गतिविधि गरेको कसुरमा बागलुङ जिल्ला अदालतमा मुद्दा दर्ता भई वैशाख २२ गते साधारण तारेखमा रिहा भएका कुँवरलाई पर्वत प्रहरीले कुश्मा नगरपालिका–१ मालढुंगाबाट गिरफ्तार गरेको हो ।

प्रहरीले वैशाख २३ गते कुँवरलाई जिल्ला प्रशासन कार्यालय पर्वत मार्फत प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा हिरासतमा राखेको छ । कुँवरको स्वास्थ्य परीक्षण वैशाख २२ गते पर्वत अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर विकास थापाले जानकारी दिनुभयो ।


सन्तोष थापा