प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शुरु
प्रतिनिधि सभाका लागि २ सय ७५ र र प्रदेश सभाका लागि ५ सय ५० स्थानका लागि अहिले बिहान ७ बजेबाट देशैभर निर्वाचन शुरु भएको छ । नेपालको संविधान २०७२ जारी भएपछिको यो दोस्रो आवधिक निर्वाचन हो । यो निर्वाचनबाट प्रतिनिधि सभाका लागि प्रत्यक्षमा १ सय ६५ र समानुपातिक प्रणालीबाट १ सय १० जना र प्रदेश सभाका लागि प्रत्यक्षबाट ३ सय ३० र समानुपातिक प्रणालीबाट २ सय २० जना गरी ५ सय ५० जना निर्वाचित हुनेछन् ।
यो निर्वाचन अनुगमनका लागि इन्सेकले देशका सबै जिल्लामा ७ सय ५१ जना पर्यवेक्षक परिचालन गरेको छ । पर्यवेक्षक तथा जिल्ला प्रतिनिधिबाट प्राप्त निर्वाचनसम्बन्धी गतिविधिहरू दिनभर इन्सेक अनलाइनबाट अपडेट गरिने इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले जानकारी दिनुभएको छ ।


अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कारागारबाट फरार बन्दी गिरफ्तार
मानव बेचबिखनको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको बेलामा कारागारबाट भागेकी जुगल गाउँपालिका-५ स्थित बराम्ची स्थायी घर भएकी २५ वर्षीया कविता घिमिरेलाई प्रहरीले ०७९ माघ २४ गते काठमाडौँको जडिबुडिबाट गिरफ्तार गरेको छ ।…
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…
बालिका हत्याको कसुरदारलाई जन्मकैदको फैसला
बर्दिवास नगरपालिका १४ सुगमवस्तीका सादिम आलमको ६ वर्षीया छोरी गुलबसा खातुनलाई ०७७ साल मङ्सिर ७ गते हत्या गरेको कसुरमा जिल्ला अदालत महोत्तरीले सोही ठाउँका २६ वर्षीय अरुण कुमार सहलाई माघ…