प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा इन्सेकका ७ सय ५० जनाभन्दा बढी पर्यवेक्षक परिचालन गर्ने
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले यही मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा ७ सय ५० जनाभन्दा बढी निर्वाचन पर्यवेक्षक परिचालन गर्ने भएको छ ।
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले काठमाडौँ उपत्यकाका तीन जिल्ला ललितपुर, भक्तपुर र काठमाडौँमा परिचालन हुने पर्यवेक्षकहरूलाई कात्तिक १८ गते आयोजित निर्वाचन पर्यवेक्षणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी दिनुभएको हो ।
कार्यकारी निर्देशक गौतमले प्रजातन्त्र स्थापना पछिका सबै निर्वाचनमा इन्सेकले पर्यवेक्षण गर्दै आएको उल्लेख गर्दै अन्य देशमा पनि निर्वाचन पर्यवेक्षण हुने गरेको बताउनु भयो ।
उहाँले प्रजातान्त्रिक अभ्यास भएका देशहरूमा निर्वाचन पर्यवेक्षण हुने स्मरण गर्दै आफूले पनि इन्सेकमार्फत अन्य देशमा गएर निर्वाचन पर्यवेक्षण गरेको अनुभव सुनाउनु भयो ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले कुनै पनि पक्ष र विपक्षमा नलाग्ने इन्सेक लगायतका ४४ ओटा राष्ट्रिय र तीन ओटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको जानकारी दिनुभयो ।
उहाँले देशभर स्वयम्सेवीरूपमा खटिने करिब १० हजार पर्यवेक्षकले संस्थामार्फत उपलब्ध गराउने निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा उल्लेख हुने सुझाबलाई आयोगले ग्रहण गर्ने बताउनु भयो ।
पर्यवेक्षकले निर्वाचनमा मतदाता शिक्षा, राजनीतिक दल र उम्मेद्वारले प्रयोग गर्ने प्रचार सामाग्री, निर्वाचन सुरक्षालगायतका बारेमा सुक्ष्म अनुगमन गरिरहेको उल्लेख गर्दै नेपाल सरकारका कामका विषयमा समेत पर्यवेक्षण गर्न सक्ने बताउनु भयो ।
इन्सेक अनलाइनका सम्पादक एवम् निर्वाचन पर्यवेक्षणका लागि इन्सेकका फोकल पर्सन रमेशप्रसाद तिमल्सिनाले निर्वाचन आचारसंहित र मानव अधिकारको विषयमा पर्यवेक्षण गर्नु पर्ने बताउनु भयो ।
उहाँले निर्वाचन पर्यवेक्षकले पालना गर्नु पर्ने आचारसंहिता, काम, कर्तव्य र दायित्व माथि प्रकाश पार्नु भएको थियो ।
यसैगरी इन्सेककी अधिकृत आर्जु कार्कीले निर्वाचनका प्राविधिक र मानव अधिकारका व्यवहारिक पक्षलाई पर्यवेक्षकहरूले हेर्नु पर्ने बताउनु भयो ।
उहाँले वाक स्वतन्त्रता, लैङ्गिक समानता, यौनिक तथा अल्पसङ्ख्यक व्यक्ति, अशक्त, ज्येष्ठ नागरिकलगायतलाई मतदान स्थलमा मैत्रीपूर्ण व्यवहार भए/नभएको बारे पनि पर्यवेक्षण गर्नु पर्ने बताउनु भयो ।
दीपकप्रसाद घिमिरे
सम्बन्धित समाचारहरू
मधेस प्रदेशस्तरीय वातावरण मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनमा चैत १५ गतेदेखि मानव अधिकार रक्षकहरूको अवस्था बारे मधेस प्रदेशस्तरीय समीक्षा बैठक तथा कार्याशाला…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्धको मुद्दा चैत १५ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले फरार…
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकद्वारा धारणा सार्वजनिक
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले गत फागुन २९ गते राजपत्रमा…
अमानविय व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
गोलबजार नगरपालिकाका नगर प्रमुख ५० वर्षीय श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेर अमानविय व्यवहार गरेको आरोपमा नहरा गाउँपालिका–४ का ४३ वर्षीय साधुशरण महराविरुद्ध चैत १५ गते प्रहरीले उजुरी दर्ता गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तरपदेश, रामपुर घर भई हाल धनगढी उपमहानगरपालिका—१३ मोहनपुरमा डेरा गरी बस्ने ५० वर्षीय रिजवान खानलाई चैत १४ गते गिरफ्तार गरेको छ ।…