प्रतिनिधिसभा स्वतन्त्र उम्मेदवार माथि माओवादी केन्द्रका कार्यकर्ताद्धारा आक्रमण
रास्कोट नपा -७ निवासी कालिकोट जिल्ला प्रतिनिधिसभा प्रत्यक्ष तर्फका स्वतन्त्र उम्मेद्धवार ५५ वर्षीय कासीचन्द्र बराललाई माओवादी केन्द्रका कार्यकर्ताहरुले आक्रमण गरेका छन । आफ्नो गाउँ नजिकै दलित बस्तीमा एक घरमा बसिरहेको अवस्थामा माओवादी केन्द्र निकट वाइसिएल जिल्ला सदस्य ध्वजबहादुर शाही नेतृत्वमा आएको ११ जनाको समुहले आक्रमण गरि हातपात गरेको पीडितले इन्सेक प्रतिनिधिलाई टेलिफोनमा जानकारी गराउनु भएको छ ।
दलित बस्तीमा बसिरहेको अवस्थामा माओवादी केन्द्रका उम्मेद्धवार महेन्द्र शाहीको विरुद्धमा चुनावमा स्वतन्त्र उम्मेदवार हुने भन्दै आक्रमण गरेको आरोप पीडित बरालको रहेको छ ।
हातपातपछि सामान्य चोट लागेका कारण स्थानीय मेडकिलमा उपचार गरिएको पीडितले बताउनु भएको छ । घटनाका वारेमा कालिकोटका प्रहरी प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालले घटना लगत्तै प्रहरी टोलि खटाएर र थप जानकारी लिने वताउनु भयो ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…