प्रतिनिधिसभा सदस्य रायमाझी सांसद पदबाट निलम्बित
नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरफ्तारीमा परेका पूर्व उपप्रधानमन्त्री तथा अर्घाखाँची क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी सांसद पदबाट ०८० जेठ १ गते निलम्बन गरिएको छ ।
वैशाख २० गते गिरफ्तार पुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई प्रहरीले वैशाख ३१ गते बुढानिलकण्ठ नगरपालिका-५ पासिकोटबाट गिरफ्तार गरेको थियो ।
जिल्ला प्रहरी परिसर टेकुले सांसद रायमाझी गिरफ्तारीमा परेको सूचना जेठ १ गते संसद सचिवालयमा पठाएपछि जेठ १ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले रायमाझीलाई सांसद पदबाट निलम्बन गरेको व्यहोरा सदनलाई जानकारी गराउनुभएको थियो ।
प्रहरी गिरफ्तारीमा परेका रायमाझीलाई जेठ १ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले तीन दिन हिरासतमा राखेर घटनाबारे अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ मा सांसद गिरफ्तार परेमा संसद सचिवालयलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । त्यस्तै प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८(३) अनुसार संसदहरू फौजदारी मुद्दामा गिरफ्तार परेर पुर्पक्षका लागि थुनामा पठाइएमा निलम्बनमा पर्नेछन् ।
विमल पौडेल
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराको भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ का ३९ वर्षीय टेकबहादुर हमाललाई असोज ६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनकोशी गाउँपालिका-१० का ३५ वर्षीय छविरमण धमलाविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार गरेको आरोपमा…
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…