प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मङ्सिर ४ गते गर्ने सरकारको निर्णय

  ०७९ साउन १९ गते

सरकारले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन २०७९ मङ्सिर ४ गते गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को ०७९ साउन १९ गते सिंहदरबारमा बसेको बैठकले आगामी मङ्सिर ४ गते एकैचरणमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको हो ।

यसअघि असार २२ गते निर्वाचन आयोगका प्रमुख आयुक्त सहितको टोलिले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मङ्सिर पहिलो हप्ता निर्वाचनको मिति तोक्न लिखित रूपमा सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार अबको १ सय ७ दिनपछि प्रतिनिधि सभाका लागि १ सय ६५ निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य र सात ‌ओटा प्रदेशका ३ सय ३० ओटा निर्वाचन क्षेत्रमा प्रदेशसभा सदस्यका लागि चुनाव हुनेछ ।


विमल पौडेल