प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ता आज

  ०७९ असोज २३ गते

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ता असोज २३ गते हुँदैछ ।

निर्वाचन आयोगले असोज २३ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ ।

देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाइएको छ ।

उम्मेदवार निर्वाचन अधिकृतको कार्यालयमा आफैँ उपस्थित हुन नसके प्रतिनिधि वा वारेसमार्फत पनि उम्मेदवारी दिन सकिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ र २५ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

असोज २६ गते उम्मेदवारले नाम फिर्ताको समय पाउनेछन् भने सोही दिन अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह वितरण गरिने आयोगको कार्यतालिकामा उल्लेख छ ।

election_program


अनलाइन डेस्क