प्रतिनिधिसभाका १० ओटा संसदीय समितिमा सभापति निर्वाचित
प्रतिनिधिसभाका १० ओटै विषयगत समितिमा ०८० भदौ ११ गते सभापतिहरू चयन हुनुभएको छ । संसदका मुख्य राजनीतिक दलहरूबीच भएको सहमति अनुसार भदौ ११ गते बसेका १० ओटै समितिका बैठकले आ-आफ्ना समितिका सभापति निर्विरोध रुपमा चयन गरेको हो ।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति सभापतिमा विमला सुवेदी निर्वाचित हुनुभएको छ भने अर्थ समितिको सभापतिमा सन्तोष चालिसे निर्वाचित हुनुभएको छ । त्यस्तै सार्वनजिक लेखा समितिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक समितिमा किरणकुमार साह सभापतिमा निर्वाचित हुनुभएको छ ।
पूर्वाधार विकास समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार सिंह सभापति बन्नुभएको छ भने कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा निर्वाचित हुनुभएको छ ।
त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा जनमतका अब्दुल खान निर्वाचित हुनुभएको छ भने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापति राजकिशोर यादव बन्नुभएको छ ।
राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा रामहरि खतिवडा निर्वाचित हुनुभएको छ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति भानुभक्त जोशी बन्नुभएको छ । निर्वाचित सभापतिहरूलाई सभामुख देवराज घिमिरेले भदौ ११ गते नै पद तथा गोपनियताको सपथ गराउनुभएको छ ।
विमल पौडेल
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…