प्रकाश स्मृति दिवसका अवसरमा ककनीमा वृक्षरोपण
इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्ले स्मृति दिवसको अवसरमा ०८० साउन १६ गते ककनी गाउँपालिका-५, ककनीस्थित थाईपार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
३१ औँ स्मृति दिवसको अवसरमा ३१ ओटा विरुवा रोपिएको हो । ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, ककनी गाउँपालिका-५ का वडा अध्यक्ष बुद्धराज तामाङ, इन्सेकका अध्यक्ष डा. कुन्दन अर्याल, संस्थापक अध्यक्ष सुशील प्याकुरेल, इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम लगायतको सहभागितामा विरुवा रोपिएको हो । ओखर, पैयुँ, कटुस लगायतका विरुवा थाई एयर स्मृति पार्क परिसरमा रोपिएको वडा अध्यक्ष बुद्धराज तामाङले जानकारी दिनुभयो ।
वातावरण संरक्षणमा वृक्षरोपणको महत्व रहेको बताउँदै वृक्ष र मानवको बलियो सम्बन्ध रहेको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बताउनु भयो ।
दुप्चेश्वर गाउँपालिका-१, घ्याङफेदीमा २०४९ साउन १६ गते भएको थाई एयर दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा ककनी गाउँपालिका-५, ककनीमा थाई एयर स्मृति पार्क निर्माण गरिएको छ । सोही दुर्घटनामा निधन भएका इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा वृक्षरोपण कार्यक्रम गरिएको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल युएन तालिम शिक्षालय ककनीको सहकार्य, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्र व्यवस्थापन समिति ककनी ओखरपौवाको समन्वय र ककनी गाउँपालिकाको सहजीकरणमा भएको थियो ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
बर्दगोरिया गाउँपालिकाद्वारा मुक्त कमैयालाई घर हस्तान्तरण
बर्दगोरिया गाउँपालिका—४ स्थित दानुफाँटा मुक्त कमैया शिविरका १२ घर परिवारलाई सुरक्षित आवासको लागि मंसिर १६ गते घर हस्तान्तरण गरेको छ । बर्दगोरिया गाउँपालिका, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृर्षी सहकारी…
सुदूरपश्चिम प्रदेश उपनिर्वाचन ०८१ः पाँच ओटा स्थानीय तह मध्ये कांग्रेसका चार र एमालेका एक जना उम्मेदवार विजयी
सुदूरपश्चिम प्रदेशका पाँच ओटा स्थानीय तहमा ०८१ मङ्सिर १६ गते सम्पन्न उपनिर्वाचनको मतपरिणाम सार्वजनिक गरिएको छ । पाँच ओटा स्थानीय तहमध्ये नेपाली काग्रेसका चार र एमालेका एक जना उम्मेदवार विजयी…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ का २४ वर्षीय राजु खानलाई प्रहरीले ०८१ मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर ११ गते काम छ…