पोखरीको ठेक्कामा समावेश नगराएको भन्दै राजपा कार्यकर्ताद्वारा कुटपिट
कौडेना गाउँपालिका–६ सक्रौलका ४४ वर्षीय नागेन्द्र सहनी मल्लाहलाई जेठ ३१ गते पोखरीको ठेक्कापटामा समावेश नगराएको भन्दै राजपा नेपालका कार्यकर्ताहरू कौडेना गाउँपालिका–६ सक्रौल ब्रहम टोलका ३६ वर्षीय विजय राय, ४० वर्षीय सन्तोष राय, ४८ वर्षीय सुरेन्द्र सहनी, ५२ वर्षीय रामपुकार राय यादव, ५५ वर्षीय वीरेन्द्र राययादव र सोनफी सहनी मलाहले कुटपिट गरेका छ ।
कुटपिटबाट ठेकेदारी गर्दै आएका नागेन्द्र सहनी मल्लाहको टाउकोमा चोट लागेको छ । घाइते भएका मल्लाहको उपचार सक्रौलकै स्वास्थ्य चौकीमा गरी थप उपचारका लागि जिल्ला अस्पताल सर्लाहीमा लगिएको छ ।
इलाका प्रहरी कार्यालय सिमरामा जेठ ३१ नै घटनाबारे जानकारी गराएको कौडेना गाउँकालिका–६ का वडा अध्यक्ष रामकिशोर रायले जानकारी दिए ।
घाइतेको अवस्था गम्भीर रहेको हुँदा उनको उपचारतर्फ ध्यान दिनु परेकाले उजुरी गर्न बाँकी रहेको पीडित पक्षले जनायो । आरोपितहरूलाई गिरफ्तार गरिएको छैन ।
वुधन साह
सम्बन्धित समाचारहरू
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–६ बेल्टारका १९ वर्षीय अजय राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ…
हत्या घटनाका आरोपित गिरफ्तार
बाणगंगा नगरपालिका– ६ की १८ वर्षीया अन्जनी थारू र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– २ का २२ वर्षीय मोहन थारूलाई जेठ १८ गते…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला…