पोखरा–१८ को वडाध्यक्ष पदको पुनः मतगणना गर्न उच्च अदालतको आदेश
उच्च अदालत पोखराले पोखरा महानगरपालिका–१८ मा ०७९ वैशाख ३० मा भएको स्थानीय तहको चुनावको वडाध्यक्ष पदको मतगणना पुनः गर्न आदेश दिएको छ ।
स्थानिय निर्वाचनमा एमाले उम्मेदवार पुस्कलबहादुर थापालाई हराउँदै कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएको घोषणा गरिएको थियो । तर थापाले आफू ९ मतान्तरले विजयी भएको भन्दै पुनः मतगणनाको माग गर्दै जेठ १८ गते उच्च अदालतमा निवेदन दिनुभएको थियो ।
निर्वाचन अधिकृतको कार्यालयले भने शिवप्रसादले १६ सय ४३ र पुस्कलबहादुर थापाले १६ सय ४० मत ल्याएको घोषणा गरेको थियो तर थापाले खसेको भन्दा गणनामा ९ मत कम देखिएको र उक्त मत आफ्नै भएको दाबी गनुभएको थियो ।
मुख्य न्यायाधीश डिल्लीराज आचार्य र ऋषिराज भण्डारीको चैत २१ गतेको संयुक्त इजलासले ०८० वैशाख २० गते पुनः मतगणना गर्न फैसला दिएको हो । उच्च अदालतकै रोहवरमा पुनः मतगणना गर्न आदेश भएको पुस्कलका तर्फबाट बहस गरेका अधिवक्ता सुरेन्द्र थापामगरले जानकारी दिनुभयो साथै मतगणनाको स्थल भने समन्वयमा तय हुने जानकारी दिनुभयो ।
नारायण केसी
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…