पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मनोसामाजिक सेवा थप गर्न माग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी लगायतका विभिन्न संघ संस्थाहरूले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मनोसामाजिक स्वास्थ्य सेवा थप गर्न माग गर्दै चैत २३ गते अस्पतालका प्रमुख डा.भरत खत्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
अस्पतालमा मनोसामाजिक तथा मानसिक स्वास्थ्य सेवा बहिरंग मात्र रहेकाले उक्त सेवा लिन जाने सेवाग्राहीहरूलाई भर्ना गरेर राख्नु परेमा समस्या भएका बिरामीहरू नीजि अस्पताल धाउनुपर्ने बाध्यता रहेकाले उक्त सुबिधा थप गर्न माग गरिएको हो ।
चैत २३ गते इन्सेकका शिव खकुरेल, कोशिसका रक्षिता लामिछाने, कोपिला नेपालका भुवन सापकोटा, शक्ति समूहका विन्धु आचार्य, थ्रि एन्जल्स नेपालका रमेश पाण्डे, सिविन नेपालका शंकर नेपाली, मनोसामाजिक अपांगता अर्जुन सुनार, रामचन्द्र अधिकारी, आनन्द पौडेल र जयकृष्ण पोखरेल लगायतले संयुक्त रूपमा अस्पतालका प्रमुख डा. भरत खत्रीलाई ज्ञापन पत्र बुझाउनु भएको हो ।
ज्ञापन पत्रमा अपांगता भएका ब्यक्तिहरुको अधिकार ऐन २०७४ खण्ड ७ को दफा ३५ मा मानसिक तथा मनोसामाजिक स्वास्थ्य समस्या भएका ब्यक्तिहरूको उपचारको ब्यवस्था गर्नुपर्ने प्रावाधान रहेको उल्लेख छ । अस्पतालमा मनोसामाजिक तथा मानसिक स्वास्थ्यको अन्तरंग र बहिरंग दुबै सेवालाई प्राथमिकता दिनुपर्ने माग गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै अस्पतालका प्रमुख डा.भरत खत्रीले सेवा सुविधालाई थप प्राथामिकता दिँदै ब्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
नारायण केसी
सम्बन्धित समाचारहरू
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर…
एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…