पोखरामा शङ्कास्पद वस्तु फेला, सेनाको टोलीद्वारा निष्कृय

पोखरा-लेखनाथ मनपा-९पृथ्वीचोकमा भदौ २६ गते भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

पृथ्वीचोक नजिकै रहेको सस्तो बजारमा झोलामा उक्त वस्तु, तार, ब्याट्री भेटिएपछि सर्वसाधारण त्रसित भएका थिए ।

नेपाल बायुसेवा निगमको स्वामित्वमा रहेको सो जग्गामा सस्तो बजार सञ्चालनका लागि भन्दै स्टल बुकिङ भइरहेको समयमा 'बम' भेटिएको हो  ।

घटनामा संलग्न व्यक्ति वा समूह अज्ञात रहेको भन्दै अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।


संगीता भाट