पैदल हिँडेका र समाचार सङ्कलन गर्न विमानस्थल पुगेका पत्रकार गिरफ्तार
माइतीघरमा पैदल हिँडेका पहिलो न्यूज डटकमका कार्यकारी सम्पादक मोहन बास्तोला र त्रिभूवन विमानस्थलमा समाचार सङ्कलनका लागि पुगेका खबर डबली डटकमका सहसम्पादक लोकराज जैशीलाई प्रहरीले कात्तिक १७ गते गिरफ्तार गरेको छ ।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत प्रहरी कार्यालय पुगेर पत्रकार बाँस्तोलालाई रिहा गर्न पहल गरेपछि प्रहरीले बस्नेतको जिम्मा लगाएर पठाएको बताइएको छ । ‘फिल्डमा खटिएका प्रहरीको कमजोरीका कारण भुलवस उहाँ गिरफ्तारीमा पर्नुभएको महानगरीय प्रहरी वृत्त सिंहदरवारका डिएसपी मनोहर भट्टले भन्नुभयो ।’–अध्यक्ष बस्नेतले भने । तर, जैशीलाई भने साँझसम्म रिहा गरिएको छैन ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको समाचार सङ्कलनका लागि त्रिभूवन विमानस्थल पुगेका खबर डबली अनलाइनका सहसम्पादक जैसीलाई प्रहरीले गिरफ्तार गरेको छ । समाचार सङ्कलनका क्रममा प्रहरीले अभद्र व्यवहार गरी गिरफ्तार गरेको क्रान्तिकारी पत्रकार महासङ्घले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–६ बेल्टारका १९ वर्षीय अजय राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ…
हत्या घटनाका आरोपित गिरफ्तार
बाणगंगा नगरपालिका– ६ की १८ वर्षीया अन्जनी थारू र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– २ का २२ वर्षीय मोहन थारूलाई जेठ १८ गते…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला…