पेन्सिल तिखार्न नसकेको आरोपमा छात्रामाथि कुटपिट
नेपालगञ्ज उपमनपा-१७ ज्ञानसागर मावि परसपुरकी कक्षा दुईमा अध्यनरत नौ वर्षीया बालिका सविना बेहेनालाई पेन्सिलको टुप्पो तिखार्न नसकेको भन्दै पुस ९ गते शिक्षक कृष्णमुरारी सिंहले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।
कक्षा कोठामा आक्रोशित भएर आएका शिक्षक सिंहले बालिकालाई पेन्सिलको टुप्पो तिखार्न लगाउँदा दुई/तीन पटकसम्म प्रयास गर्दा नसकेपछि गालामा चड्कन लगाउनुका साथै कक्षा कोठाको भित्तामा टाउको ठोकिदिएको पीडित बालिकाले बताइन् ।
शिक्षक सिंहको कुटपिटबाट बालिकाको गाला सुनिएको छ भने टाउकोमा चोट देखिएको छ । छोरीले पिर्टाई खाएपछि रूँदै घरमा आएर गुनासो गरेकी बावु मुनिर बेहेनाले बताए । पीडित बालिकालाई नजिकको मेडिकलमा उपचार गरी विश्रामका लागि घरमा राखिएको छ ।
पीडितका बावु मनिरले शिक्षकलाई आवश्यक कारबाहीका लागि विद्यालयका प्रद्यानाध्यापक हृदेशनारायण यादवलाई मौखिक आग्रह गरेका छन् । सहायक जिल्ला शिक्षा अधिकारी गोरख थापाले घटनाको विषयमा कुनै जानकारी नआएको प्रतिक्रिया दिए ।
विनोद पाण्डे
सम्बन्धित समाचारहरू
‘बालिका आमा’ को सङ्ख्या बढ्दै, एकै वर्षमा ९० किशोरीले जन्माए सन्तान
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १ सय ७३ मा ‘बाल विवाह गर्न नहुने’ सम्बन्धी व्यवस्था उल्लेख छ । जसको दफा १ मा ‘विवाह गर्ने…
कोशी प्रदेशमा प्रभावहीन बालमैत्री स्थानीय शासन अवधारणा
सरकारले बाल अधिकारको सम्मान गर्दै बालमैत्री स्थानीय तह बनाउनका लागि कार्यविधि जारी गरेपनि कोशी प्रदेशमा बालमैत्री स्थानीय शासन अवधारण गतिहीन भएको छ । नेपाल सरकारले बालमैत्री स्थानीय शासनको प्रर्वदन गर्नका…
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्ला अन्तर्गतको जिल्ला अस्पतालमा कार्यरत पाँच जना चिकित्सकले गत वैशाखदेखि पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।…
बालविवाह रोक्न बालिका बिमा
गैँडहवा गाउँपालिकाले गाउँपालिकामा जन्मिएका बालिकाहरूको बालिका बिमा गर्ने निर्णय गरेको छ । 'छोरी बचाउ छोरी पढाउ' अभियान अन्तर्गत गैँडहवा गाउँपालिकामा जन्मिएका बालिकाको प्रोत्साहन गरी छोरीको शैक्षिक विकास, छोरा र छोरी…
कोशी प्रदेशमा १ हजार ७ सय २७ जनामा डेङ्गीको सङ्क्रमण
कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीको सङ्क्रमण बढेपछि चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन । कोशी प्रदेशमा ०८१ साउनदेखि ०८१ असोज २३ गतेसम्ममा १ हजार ७ सय २७ जनामा…