पूर्व माओवादी कार्यकर्ताबाट एमाले उम्मेदवारलाई ज्यान मार्ने धम्की
नेकपा एमालेका तर्फबाट नौगाड गाउँपालिकाका अध्यक्ष उम्मेदवार प्रेमसिंह धामीलाई पूर्व माओवादी कार्यकर्ता अमरसिंह धामीले जेठ १० गते राति ज्यान मार्ने धम्की दिएको पीडितले बताएका छन् ।
सिप्टीमा घरदैलो अभियान गरिरहेको अवस्थामा राति रमेश ठगुन्नाको घरमा एमाले उम्मेदवार धामीलाई आरोपितले ज्यान मार्ने उद्धेश्यले खोजी गरेको भएपनि पीडित धामी सो घरमा नबसेर अन्तै बास बसेपछि जोगिएको उनले बताए ।
अध्यक्ष पदका उम्मेदवार धामीलाई ज्यान मार्ने योजना अन्तर्गत आरोपित हातहतियार सहित घुमेको एमालेले आरोप लगाएको छ । नेकपा एमाले जिल्ला कमिटी सचिव ज्ञानेन्द्र घर्तीले जेठ ११ गते जिल्ला प्रहरी कार्यालयमा उम्मेदवारको असुरक्षा बढेको भन्दै निवेदनसमेत दिएका छन् । अपराधिक मानसिकता भएका व्यक्तिबाट ज्यान मार्ने धम्की आएको भन्दै कारबाहीको माग सहित जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको घर्तीले बताए ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी केदार खनालले आरोपितलाई नियन्त्रणमा लिएर सिप्टीमै छलफल गराइने बताए । राजनीतिक विषयको मुद्दा भएको कारण पहिलो चरणमा छलफलबाट समाधान खोजिने खनालको भनाइ छ ।
नरेन्द्रसिंह कार्की
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…