पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेध आदेश जारी
वैशाख २० गतेसम्म पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेध आदेश जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।
वैशाख १३ गते बसेको मन्त्रिपरिषद बैठकले काठमाडौँ उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय सङ्क्रमितको सङ्ख्या भए प्रमुख जिल्ला अधिकारीले निषेध आदेश जारी गर्नसक्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद बैठकले १५ दिनसम्म निषेध आदेश जारी गर्न सक्ने अधिकार जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई दिएपछि यसैका आधारमा विभिन्न जिल्लाले निषेध आदेश जारी गरेका हुन् ।
पूर्ण र आंशिक रूपमा निषेध आदेश जारी गरिएका जिल्लाबारे थाहा पाउन यहाँ क्लिक गर्नु होला
कोभिडको पहिलो र दोस्रो लहरबारे केही तथ्य
क्रसं | नयाँ सङ्क्रमित | समाचार शीर्षक | सक्रिय सङ्क्रमित | परीक्षण स्वाब | कैफियत |
२०७६ माघ ९ | १ | १ | पहिलो सङ्क्रमित | ||
२०७६ चैत ११ | १ | कोरोना भाइरसः एक सातासम्मका लागि ‘लकडाउन’, उल्लङ्घन गरे ६ महिना कैद
|
१ | पहिलो लकडाउन | |
२०७७ कात्तिक ५ | ५७४३ | कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक ५ गते) | ४४४७६ | २०११८ | पहिलो लहरको सबैभन्दा बढी सङ्क्रमित |
२०७७ फागुन २२ | ४७ | कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २२ गते) | ८१७ | ३५३५ | पहिलो लहरको सबैभन्दा कम सङ्क्रमित |
२०७८ वैशाख २० | ७३८८ | कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २० गते) | ५४०४१ | १६६५८ | दोस्रो लहरको सबैभन्दा बढी सङ्क्रमित |
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…