पुल निर्माण हुन नसक्दा स्थानीयलाई सास्ती
फिक्कल गाउँपालिका-६, रत्नावतीमा पर्ने सोखु खोलामा समयमा पुल निर्माण हुन नसक्दा स्थानीयलाई सास्ती खेप्नु परेको छ । खोलामा वर्षौँदेखी पुल अलपत्र हुँदा वर्षातको समयमा यस क्षेत्रका ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती र विद्यालय जाने विद्यार्थीहरू थप जोखिममा रहेका छन् ।
मध्यपहाडी राजमार्गको खुर्कोट-घुर्मी सडकखण्डमा पर्ने सोखु खोलालामा पुल नहुँदा विशेषगरी खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र भोजपुर लगाएतका जिल्लबाट काठमाडौँ र काठमाडौँबाट पूर्वी जिल्लाहरूमा आवतजावत गर्ने यात्रुहरूले समेत सास्ती खेप्नु परेको हो ।
खोलामा आएको बाढीका कारण घण्टौँसम्म बस्नु पर्ने, जोखिममा खोला तर्नु पर्ने बाध्यता रहेको छ । दश वर्ष अघि देखि निर्माण सुरु भए पनि ठेकेदारको लापरबाहीले पुल निर्माण कार्य अलपत्र परेको छ ।
खोलामा आएको बाढीका कारण भोकै बस्नु पर्ने, बिरामीले समयमा नै उपचार नपाउने जस्ता समस्या सिर्जना भएको स्थानीय धनकुमार तामाङले बताउनु भयो । खेलामा आएको बाढीका कारण आठ देखी दश घण्टासम्म थुनिएर बस्नु पर्ने उहाँको भनाई छ । खोलामा पुल नहुँदा यहाँका बिरामीलाई बोकेर अस्पतालसम्म पनि ल्याउन कठिन हुने गरेको स्थानीय तामाङले उल्लेख गर्नुभयो ।
सोखु खोलामा पुल निर्माण गर्ने जिम्मा सुरुमा पप्पु नेपाल प्रगति जेभीले लिएको थियो तर पप्पु नेपालसँग ठेक्का तोडिएपछि वाइपी-विकास एण्ड ब्रदर्श-आत्रेय जेभीले पुल निर्माणको जिम्मा लिएको थियो । आत्रेयले ०७७ कात्तिक २६ गते पुल निर्माणको ठेक्का सम्झौता गरेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय, रामेछापले जनाएको छ । सोही राजमार्गमा पर्ने खाङसाङ खोला र उक्त सोखु खोलाको पुल गरी दुई ओटा पुल निर्माण गर्न ५ करोड ३६ लाख ७७ हजार रुपियाँ (भ्याट बाहेक) मा ठेक्का सम्झौता भएको थियो । आत्रेयसँग सम्झौता गरिएको म्याद पनि ०७९ कात्तिक २६ गते सकिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय, रामेछापका इन्जिनियर दिपेश मुनाकर्मीले बताउनु भयो ।
स्थानीय बासिन्दाले समयमा नै पुल निर्माण गर्न दवाव दिँदै आएका छन् । स्थानीय सरकारले सरोकारवाला निकायसँग समयमा नै पुल निर्माण सम्पन्न गर्न आग्रह गर्दै आएको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले जानकारी दिनुभयो ।
सम्बन्धित निकायको गैर जिम्मेवारीपनका कारण सर्वसाधारणले सास्ती खेप्नु परेको उहाँको भनाई छ । वर्षातको समयमा आउने बाढीले मानवीय क्षति नहोस भनेर स्थानीय र जनप्रतिनिधिले जोखिममा साना सवारीहरूलाई खोला तार्ने गरेको छ । नागरिक तथा स्थानीय सरकारले गरेको आग्रहलाई वेवास्ता गर्दा वर्षातको समयमा यात्रुले सास्ती व्यहोर्नु परेको उहाँको भनाई छ । असार मसान्त सम्ममा पुल सञ्चालनमा ल्याउने सहमति भए पनि हाल निर्माणको जिम्मा पाएको कम्पनी सम्पर्क विहिन भएको छ ।
नबिनबाबु अधिकारी
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन पहल गरिरहेको छुः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले पीडितलाई न्यायको अनुभूति हुनेगरी सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन पहल गरिरहेको बताउनुभएको छ । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा मङ्सिर २४ गते…
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…